Like us!
Follow us!
Connect us!
Watch us!

बीमा समितिद्धारा नेपाल लाइफको लाभांश स्वीकृत, साधारणसभा कहिले ?

अर्थ संसार

शनिबार, २८ फागुन २०७८, ०८ : ३७ मा प्रकाशित

बीमा समितिद्धारा नेपाल लाइफको लाभांश स्वीकृत, साधारणसभा कहिले ?

नेपाल लाइफ इन्स्योन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट प्रस्ताव गरेको लाभांशलाई बिमा समितीले स्वीकृत गरेको छ ।

कम्पनीको माघ २१ गते शुत्रबार बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ०।७३६८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।

कम्पनीको उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्विकृत भइसकेकाले अब कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भए पछि लगानीकर्तामा वितरण हुनेछ । अब बिमा समितीबाट लाभांश सम्बन्धि प्रस्ताव अनुमोदन भइसकेकाले छिट्टै साधारणसभा डाकेर लाभांश पारित गर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको