Like us!
Follow us!
Connect us!
Watch us!

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद बाँडफाँड, १ लाख ४५ हजार कित्ता लिलामीमा आउने

अर्थ संसार

सोमबार, ३० फागुन २०७८, १० : ०१ मा प्रकाशित

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद बाँडफाँड, १ लाख ४५ हजार कित्ता लिलामीमा आउने

नारायणी डेभलपमेन्ट बैंकले निष्काशन गरेको हकप्रदको बाँडफाँड कार्य सम्पन्न भएको छ । उक्त हकप्रदको बाँडफाँड फागुन २६ गते बिहिबार सम्पन्न गरिएको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । 

क्यापिटलका अनुसार हकप्रदमा आवेदन दिने २ हजार ४ सय ३० जना शेयरधनीलाई ११ लाख ६६ हजार ६ सय ८९ कित्ता शेयर बाँडफाँड गरिएको छ । यस संगै हकप्रदमा अवितरित १ लाख ४५ हजार ६ सय ४९ कित्ता सेयर लिलाममा आउने छ । 

बैंकले पुस ७ गतेबाट १ बराबर १ को अनुपातमा कुल १३ करोड १२ लाख ३३ हजार ८ सय रूपैयाँ बराबरको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।

बैंकले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि मंसिर २४ गते एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, मंसिर २३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिएका थिए ।

622ec20a60386.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको