हकप्रद वा बोनस सेयर मार्फत पुजि बृद्धि गर्नु अधिकांश कम्पनीहरुको बाध्यता हैन । नियमकको गलत निति ,सेयर माफिया र कम्पनीहरुको बोर्डको अनैतिक सांठगाठले कम्पनीहरुको अधिक पूँजीकरण गरिन्छ।यसको उदेश्य दोस्रो बजारमा कम्पनीको क्षणिक मुल्यबृद्दी गर्नु मात्रै हो। यसले कम्पनीलाई दिर्घकालमा बित्तिय सुचकांक र बजार मुल्यमा कमजोर बनाउछ ।उदाहरणको लागि बाणिज्य बैकहरु र NLIC लिन सकिन्छ।
जबसम्म हामी आम लगानीकर्ताहरु अनावश्यक हकप्रद र बोनस सेयरको हल्ला को पछाडि दौडन बन्द गर्दनौ तबसम्म नियमक, कम्पनीको बोर्ड र सेयर माफियाहरुको अनावश्यक हकप्रद र बोनसको गोरखधन्दा बन्द हुदैन । यो अधिक पुजिकरणको भारले कम्पनीको हालत भने दयनीय बन्दै जादैछन।
अघिल्लो बुलमा अधिक पुजिकरण गरिएका कम्पनीहरु यो बुलमा उत्तानो परेका छन।यो बुलमा अधिक पुजिकरण गरिदै गरेका कम्पनीहरु आउने बुलमा उत्तानो पर्नेछन।
सेयर माफिया र कम्पनीका बोर्डहरुको अनुचित लेनदेनले bnt र unl बाहेक कुनै कम्पनी अछुतो रहलान जस्तो छैन ।
यो सबैको जिम्मेवार अनावश्यक हकप्रद र बोनस सेयरका पछाडि दौडने हामी आम लगानीकर्ता नै हौ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस