Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबिको भिडियो अकाउन्ट ओपनिङमा डिम्याट, मेरो सेयर र सीआरएन सुविधा अनलाइनबाटै

अर्थ संसार

बुधबार, ०२ चैत्र २०७८, ११ : ३१ मा प्रकाशित

एनएमबिको भिडियो अकाउन्ट ओपनिङमा डिम्याट, मेरो सेयर र सीआरएन सुविधा अनलाइनबाटै

एनएमबि बैंकले भिडीयो केवाईसी, भिडियो कलमा आधारित खातासंगै देश वा विदेशमै बसी डिम्याट, मेरो शेयर र सिआरएन पनि अनलाईनबाट नै सुविधा लिन सकिने योजना ल्याएको छ । 

एनएमबि बैंक नेपाली बैंकिङ्ग जगतमै शुरु देखी अन्त्यसम्मको पुर्ण डिजीटल रुपमा खाता खोल्ने प्रक्रिया शुरु गर्ने पहिलो बैंक हो । ग्राहकहरूले एनएमबि बैंकमा भिडियो कल मार्फत अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा÷अपडेट गर्न सक्दछन् । त्यस्तै भिडीयो अकाउन्ट ओपनिङ्गको लागि यस लिङ्क  https://vcc.nmb.com.np मा जान सकिने छ । 

बैंकले विज्ञप्ति जारी गर्दै यस बैंकको ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङ्गका सदस्यको नाताले बैंकको वातावरण मैत्री बैंकिङ्ग प्रति पूर्ण प्रतिबद्धतालाई यस्तो प्रकारको सेवाले परिपुर्ति गर्नु रहेको छ”, भनेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३९ एटीएमहरू, १० एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको