Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफ इन्स्योरेन्सको “नेपाल लाइफ अनमोल जीवन” बीमा योजना सार्वजनिक

अर्थ संसार

बुधबार, ०२ चैत्र २०७८, १२ : २१ मा प्रकाशित

नेपाल लाइफ इन्स्योरेन्सको “नेपाल लाइफ अनमोल जीवन” बीमा योजना सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले “नेपाल लाइफ अनमोल जीवन” जीवन बीमा योजना मंगलबार सार्वजनिक गरेको छ । कम्पनीले समय सापेक्ष ग्राहकहरुको चाहना तथा अभिकर्ताहरुको सुझावलाई मध्यनजर गर्दै नयाँ नयाँ जीवन बीमा योजनाहरु ल्याउने क्रममा “नेपाल लाइफ अनमोल जीवन” जीवन बीमा योजना प्रस्तुत गरेको हो । 

यो जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक तथा आजीवन जीवन बीमा हो । बीमा अवधी समाप्ती पश्चात पनि जोखिम वहन गर्नुको साथै कम्पनीले बहन गर्ने जोखिम अन्तर्गत बीमितले चाहेको समयमा उक्त जोखिम वहन बापतको समर्पण मूल्य भुक्तानी लिन सक्नु यो जीवन बीमा योजनाको विशेषता हो ।

यस्ता छन् विशेषताहरु…

१८ वर्षदेखि ६५ वर्ष उमेर समूहका व्यक्तिले न्यूनतम ५ वर्षदेखि अधिकतम ५० वर्षसम्म अवधिको यो बीमा योजना लिन सक्नेछन्। बीमा समाप्तिमा अधिकतम उमेर ७० वर्ष रहेको छ भने न्यूनतम २५ हजारदेखि आयश्रोतको आधारमा जति पनि बीमाङ्क रकमको बीमा गर्न सकिनेछ ।

बीमा शुल्क भुक्तानी तरिका छनोटको छुट वा थप शुल्क लाग्नेछ। यदि बीमालेख जारी गर्ने समयमा वार्षिक बीमा शुल्क भुक्तानी गर्ने तरिका छनोट गरेको छ भने बीमा शुल्कमा १ प्रतिशत छुट प्राप्त हुनेछ। तर अर्ध वार्षिक छनोट गर्दा छुट प्राप्त हुने छैन। त्यसैगरी, यदि बीमालेख जारी गर्ने समयमा त्रैमासिक बीमा शुल्क भुक्तानी गर्ने तरिका छनोट गरेको छ भने बीमा शुल्कमा ३ प्रतिशत थप लाग्नेछ भने मासिक छनोट गर्दा ६ प्रतिशत थप लाग्नेछ।

ऋण तथा समर्पण सुविधाः

- वार्षिक ३ किस्ता बीमा शुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भए पश्चात समर्पण मूल्य प्राप्त गर्न सकिनेछ।

- समर्पण मूल्य प्राप्त भएको बीमालेखमा समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिनेछ।

- बीमालेखको बीमा अवधि समाप्ति पश्चात पनि जोखिम बहन गरी रहने तर बीमितले चाहेमा, पूर्ण अवधि भुक्तानी भएको ५ वर्ष पूरा भैसकेपछि जुनसुकै समयमा समर्पण गर्न सकिनेछ। यसका साथै बीमितले इच्छा अनुसार अग्रीम भुक्तानीको रूपमा उल्लेख भए अनुसार समेत भुक्तानी लिन सक्नेछ। यसको लागि बीमितले बीमा सुरू गर्दाको समयमा नै कुन तरिकाको सर्भाइबल बेनिफिट लिने भनि उल्लेख गर्नुपर्ने हुन्छ।

- बीमालेखको बीमा अवधि समाप्ति पश्चातको समर्पण गणना गर्दा सुरूमा नै उल्लेख गरेको सर्भाइबल बेनिफिट लिने तरिकालाई आधार मानि समर्पण मूल्य गणना गरिने छ तर यस्तो सर्मपण रकममा कर्जा प्राप्त हुने छैन।

- बीमा अवधि समाप्ति पश्चातको समर्पण तथा सर्भाइबल बेनिफिट सुविधा लिनको लागि सम्मको सम्पूर्ण किस्ता समयमा नै भुक्तानी गरेको हुनुपर्नेछ।

ऐच्छिक सुविधाहरू

१. दुर्घटना मृत्यु लाभ सुविधाः

१८ वर्षदेखिका बीमितले अतिरिक्त बीमा शुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम एक करोड सम्मको दुर्घटना मृत्यु लाभ सुविधा लिन सकिनेछ ।

२. बीमा शुल्क छुट तथा पूर्ण अशक्तता लाभ सुविधाः 

१८ वर्षदेखिका बीमितले अतिरिक्त बीमा शुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम एक करोड सम्मको बीमा शुल्क छुट तथा पूर्ण अशक्तता लाभ सुविधा लिन सक्नेछ।

३. घातक रोग सुविधाः 

१८ वर्ष देखिका बीमितले अतिरिक्त बीमा शुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम पचास लाख सम्मको घातक रोग सुविधा लिन सक्नेछ।

बीमाङ्क रकम भुक्तानी पाउने अवस्थाः

पूर्ण अवधि भुक्तानीः

बीमालेख चालू रही बीमा अवधि समाप्ती मितिसम्म बीमित जीवित रहेमा बीमा अवधि समाप्तीको अन्त्यमा बीमाङ्क रकम र आर्जित बोनस बीमालेख अवधि समाप्तिमा एकमुष्ट भुक्तानी दिइनेछ।

आंशिक अवधि भुक्तानीः

सबै किस्ता बीमा शुल्क भुक्तानी गरेको बीमालेखमा बीमा अवधि समाप्ति पश्चात बीमित जीवित रहिरहेमा तल उल्लेख गरे अनुसारको प्रतिशतमा बीमितले छनौट गरे बमोजिमको बीमाङ्क रकम पुनः प्रदान गरिनेछ। जसको लागि बीमा सुरू गर्दाको समयमा नै बीमा अवधि समाप्ति पश्चात कुन तरिकाको बीमाङ्क लिने भनि उल्लेख गर्नुपर्ने हुन्छ।

क. बीमितको उमेर ७५ वर्ष पुगे पछि बीमाङ्क रकमको ६० प्रतिशत भुक्तानी गरिने र बीमालेखको अन्त्य हुने ।    

ख. बीमितको उमेर ८० वर्ष पुगे पछि बीमाङ्क रकमको ८० प्रतिशत भुक्तानी गरिने र बीमालेखको अन्त्य हुने ।

ग. बीमितको उमेर ८५ वर्ष पुगे पछि बीमाङ्क रकमको १०० प्रतिशत भुक्तानी गरिने र बीमालेखको अन्त्य हुने ।

यदि बीमा शुल्क भुक्तानी अवधि समाप्ति पश्चात बीमितले आफूले उल्लेख गरेको आशिंक अवधि भुक्तानी उपभोग गर्नु अगावै बीमितको मृत्यु भएमा पुनः पूरा बीमाङ्क रकम प्रदान गरिनेछ।

मृत्यु दाबी भुक्तानीः

- बीमालेख चालू रही बीमा अवधि समाप्ती भित्र जुनसुकै कारणबाट ९बीमालेख अन्तर्गत नपर्ने जोखिमहरू बाहेक० बीमितको मृत्यु भएमा बीमाङ्क रकम र आर्जित बोनश एकमुष्ट भुक्तानी दिइनेछ।

- सबै किस्ता बीमा शुल्क भुक्तानी गरेको बीमालेखमा बीमा अवधि समाप्ती पश्चातको सुविधा उपभोगको लागि छनौट गरेको उमेर भित्र जीवित लाभ रकम लिनुभन्दा अगाडि जुनसुकै समयमा बीमितको मृत्यु भएमा पुनः बीमाङ्क बराबरको रकम प्रदान गरिनेछ। 

- बीमा अवधि समाप्ती पश्चात कुनै पनि घटना घटेमा ऐच्छिक सुविधा एडिबिरर पिटिडीर पिडब्लू र सिआइ वापतको रकमको दाबी भुक्तानी दिइने छैन ।

- यदि दुर्घटना मृत्यु लाभ सुविधा लिएको अवस्थामा चालू बीमालेख अन्तर्गत बीमा अवधि समाप्ती भित्र बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा बीमा लेखमा उल्लेख भएको बीमाङ्क रकम र एडिबी सुविधा वापतको बीमाङ्क रकम र आर्जित बोनश रकम एकमुष्ट भुक्तानी दिइनेछ।

- यदि दुर्घटना मृत्यु लाभ तथा पूर्ण अशक्तता लाभ सुविधा लिएको बीमालेख चालु रही बीमा अवधि भुक्तानी भित्र बीमितको दुर्घटनाको कारणबाट अंगभंग भई पूर्ण अशक्तता भएमा बाँकी बीमा शुल्क भुक्तानीमा छुट दिइनुका साथै पूर्ण अशक्तता सुविधा बराबर रकम मासिक १२० समान किस्तामा अपाङ्ग अशक्त बीमितलाई भुक्तानी गरिनेछ।

- सबै किस्ता बीमा शुल्क भुक्तानी नगरेको बीमालेख म्याचुरिटी भएमा बीमा अवधि समाप्ती पश्चातको थप सुविधा तथा सो अवधिमा कुनै घटना घटेमा घटना वापतको रकम प्रदान गरिने छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको