Like us!
Follow us!
Connect us!
Watch us!

सामाजिक सञ्जालको हल्लाले बजार प्रभावित भयो, नागरिक स्टक डिलरको भूमिका महत्वपूर्ण

अर्थ संसार

शुक्रबार, ०४ चैत्र २०७८, १५ : ५८ मा प्रकाशित

सामाजिक सञ्जालको हल्लाले बजार प्रभावित भयो, नागरिक स्टक डिलरको भूमिका महत्वपूर्ण

नेपाल धितापत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाललले विभिन्न सामाजिक सञ्जालमा फैलिने हल्लाले नेपालको सेयर बजार पनि प्रभावित भएको भन्दै यस्तो हल्लाकै भरमा बजारलाई प्रभावित हुन नदिन नागरिक स्टक डिलरजस्ता कम्पनीहरुको भूमिका महत्वपुर्ण हुने बताएका छन् । 

नागरिक लगानी कोषद्धारा आयोजित कोषको ३२ औँ वार्षिकोत्सव समारोहमा शुभकामना मन्तव्य दिँदै हमालले भने 'अहिले सामाजिक सञ्जालहरुमा फैलिने विभिन्न हल्लाहरुले सेयर बजारले अनेकाैँ 'सक' महशुस गरिरहनु परेको छ त्यस्तो हल्लाकै आधारमा बजार प्रभावित हुन नदिन नागरिक स्टक डिलर जस्ता संस्थागत लगानीकर्ताहरुको भूमिका महत्वपुर्ण हुन्छ, पूँजीबजारलाई स्थायित्व दिने काममा नागरिक स्टक डिलरको भूमिका महत्वपुर्ण हुन सक्छ त्यसमा हामिले कसरी सहयोग गर्न सक्छौ बोर्ड सधै तयार नै छ  ।'

नेपालको साक्षरता दर करिव ७० प्रतिशतको हारहारिमा पुगेको भएतापनि वित्तिय साक्षरताको अवस्था भने एकदमै कमजोर भएकोले सबैले हातेमालो गरेर वित्तिय साक्षरता बढाउनका लागि भूमिका निर्वाह गर्नुपर्नेमा हमालले जोड दिएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको