Like us!
Follow us!
Connect us!
Watch us!

विश्व वित्तीय सप्ताह मनाउँदै सेबाेन, यस्ताे छ एक हप्ताकाे तालिका

अर्थ संसार

शुक्रबार, ०४ चैत्र २०७८, १७ : ४६ मा प्रकाशित

विश्व वित्तीय सप्ताह मनाउँदै सेबाेन, यस्ताे छ एक हप्ताकाे तालिका

नेपाल धितोपत्र बोर्डले मार्च २१ देखि २७ सम्म एक हप्ताका लागि विश्व वित्तीय सप्ताह (Global Money Week-2022) मनाउनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरेको छ ।

सेबाेनका अनुसार खासगरी किशोर तथा युवाहरुमा वित्तीय शिक्षाको महत्वका सम्बन्धमा जागरण ल्याउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गर्न लागिएको हो । यो कार्यक्रम Organisation of Economic Cooperation and Development(OECD/INFE) आयोजनामा वार्षिक रुपमा मनाईने कार्यक्रमको रुपमा रहेको र बोर्डले पनि नेपाल राष्ट्र बैंकको समन्वयमा मनाउन लागेको हो । यस कार्यक्रममा धितोपत्र बजारमा रहेका नेप्से, सिडिएससि, मर्चेन्ट बैंकर, धितोपत्र दलाल व्यवसायी, रेटिगं एजेन्सीको समेत उल्लेख्य सहभागिता रहनेछ ।

धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हक हितको संरक्षण गर्ने मुख्य उद्देश्य लिएको बोर्डले यस प्रयोजनका लागि बजारसम्बन्धी सूचना तथा गतिविधिहरु सर्वसाधारणमा प्रवाह गर्दै पुँजी बजारसम्बन्धी साक्षरतामा अभिवृद्धि गर्नका लागि यो सप्ताह महत्वपूर्ण रहेको छ । धितोपत्र बजार क्रमश: देशव्यापी हुँदै गएको पृष्ठभूमिमा यस बजारको बारेमा जानकारी दिई आमसर्वसाधारणलाई धितोपत्र बजारसम्बन्धमा रहे भएका द्विधा हटाउने, बजारसम्बन्धी जानकारी तथा सचेतना अभिवृद्धि मार्फत सबलीकरण गरी बजार प्रवेशमा प्रोत्साहित गर्न बोर्डले यो सप्ताह विशेष रुपमा सञ्चालन गर्न लागेको हो ।

यस सप्ताहमा देहाय बमोजिमको कार्यक्रमहरु सञ्चालन गर्ने योजना रहेको छ :

21st March, 2022 (चैत ७, सोमबार): Financial Services, Literacy and Its Importance विषयमा नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, बीमा समिति र सहकारी विभागबाट संयुक्त कार्यक्रम सञ्चालन (चार प्रस्तुती रहने) गर्ने ।

22nd March, 2022 (चैत ८, मंगलबार): पम्पलेट तथा लिफ्लेट प्रकाशन तथा वितरण, धितोपत्र बजारको अवस्था तथा प्रवृत्ति, बजारको विकास तथा विस्तारका लागि विगतका वर्षहरुमा भएका पहलहरु पत्रपत्रिका तथा वेबसाइटहरुमा प्रकाशन । साथै नेप्से र सिडिएससिबाट NOTS System /Central Securities Depository को प्राविधिक पक्षहरुका सम्बन्धमा सर्वसाधारणलाई शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने ।

23rd March 2022 (चैत ९, बुधबार): देशका विभिन्न प्रदेशहरुमा (पोखरा, बुटवल, विराटनगर) धितोपत्र बजारसम्बन्धी लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने ।

24th October, 2022 (चैत १०, बिहीबार): धितोपत्र बजारका आधारभूत पक्षहरु: नेपालको सन्दर्भ विषयमा प्रदेशस्तरीय अन्र्तक्रियात्मक कार्यक्रम धनगढीमा सञ्चालन गर्ने ।

25th March, 2022 (चैत ११ शुक्रबार): सामुहिक लगानी कोष र क्रेडिट रेटिगं विषयमा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने ।

26th March, 2022 (चैत १२ शनिबार): धितोपत्र बजार तथा वस्तु विनिमय बजारका बारेमा रेडियो नेपालमा कार्यक्रम सञ्चालनका साथै Capital Market Education and Youth Empowerment विषयमा वित्तीय क्षेत्रका उच्च पदाधिकारी तथा विज्ञहरुको सहभागितामा टेलिभिजनमार्फत् अन्र्तक्रियात्मक कार्यक्रम सञ्चालन गर्ने ।

27th March 2022 (चैत १३ आइतबार): बोर्ड तथा बजार सहभागीहरुले धितोपत्र बजार विषयमा समेटिएका अध्ययन सामग्रीहरु लगायतका Booklet को प्रकाशन तथा वितरण साथै बोर्डको संयोजनमा नेपाल राष्ट्र बैंक, बीमा समिति, सहकारी विभाग समेतको सहभागितामा प्रभातफेरी कार्यक्रम सञ्चालन गर्ने ।

यस सप्ताह सञ्चालनबाट धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी सूचना, गतिविधि तथा महत्वको बारेमा आमसर्वसाधारणमा व्यापक सञ्चार भई उनीहरुमा यस बजारमा प्रवेश गर्न उत्साहित हुने, वित्तीय साक्षरता अभिवृद्धि हुने र यसबाट पुँजी बजारसम्बन्धी गतिविधिहरुमा अझ व्यापकता आउने विश्वास बोर्डले लिएको छ । 
 

623475edc047c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको