Like us!
Follow us!
Connect us!
Watch us!

फादर अफ माइक्रोफाइनान्स युनुसको सम्मानमा राष्ट्र उत्थान लघुवित्तको नयाँ शाखा पोखरामा

अर्थ संसार

सोमबार, ०७ चैत्र २०७८, १३ : ५६ मा प्रकाशित

फादर अफ माइक्रोफाइनान्स युनुसको सम्मानमा राष्ट्र उत्थान लघुवित्तको नयाँ शाखा पोखरामा

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले पोखरामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । लघुवित्तले एक कार्यक्रमकाबीच पोखराको चौथेमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखा सञ्चालनमा आएसँगै लघुवित्तको शाखा संख्या ९९ वटा पुगेका छन् । 

नेपाल भ्रमणमा रहेका ग्रामीण ट्रष्टका प्रबन्ध निर्देशक ए.हाई खाँले लघुवित्तको शाखा उद्घाटन गरेका हुन् । लघुवित्तका पिता (फादर अफ माइक्रोफाइनान्स) एवम् ग्रामीण ट्रष्ट बंगलादेशका अध्यक्ष प्रो.मोहम्मद युनुसको सम्मानमा राष्ट्र उत्थान लघुवित्तले युनुस–पोखरा शाखा स्थापना गरेको हो ।


शाखा कार्यालय उद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैंकका गण्डकी प्रदेश प्रमुख डा. रामशरण खरेल र पोखरा महानगरपालिका १४ का वडा अध्यक्ष प्रेम कार्कीको विशेष उपस्थिति रहेको थियो । 

एमडी हाई खाँले लघुवित्तको मुख्य प्रवर्तक नेपाल ग्रामीण विकास संस्था (नेपाल रुरल डेभलपमेन्ट अर्गनाइजेशन (नेरुडो)) सँग दशकौँ पुरानो सम्बन्धको बारेमा जानकारी गराउँदै लघुवित्तलाई सबै सहयोग गर्ने आश्वासन दिए ।

राष्ट्र बैंकका प्रमुख डा. खरेलले ग्रामीण ट्रस्टसँग मिलेर विपन्न वर्गको उत्थानका लागि राष्ट्र उत्थान लघुवित्तले खेलेको भूमिकाको प्रशंसा गरेका थिए । लघुवित्तका प्रमुख कार्यकारी निर्देशक सुधीर प्रसाद लोहनीले युनुस–पोखरा शाखाको आगामी योजना तथा कार्यक्रमबारे जानकारी गराएका थिए । 

प्रो.युनुस एक बंगलादेशी सामाजिक उद्यमी, बैङ्कर, अर्थशास्त्री र नागरिक समाजका नेता हुन् । जसलाई ग्रामीण बैंकको स्थापना र लघु ऋण र लघुवित्तको अवधारणालाई अग्रगामी गरेकोमा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको