Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र उत्थान लघुवित्तको नाफामा गिरावट, २२ रुपैयाँले घट्यो ईपिएस

अर्थ संसार

बुधबार, १६ कार्तिक २०७९, ०७ : २८ मा प्रकाशित

राष्ट्र उत्थान लघुवित्तको नाफामा गिरावट, २२ रुपैयाँले घट्यो ईपिएस

राष्ट्र उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार समिक्षा अवधिमा संस्थाको मुनाफामा गिरावट आएकोे देखिन्छ । 

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले ३८ लाख २३ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ६९.४६ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा संस्थाले १ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि २.४७ प्रतिशतले घटेर ६ करोड २७ लाख ४५ हजार रुपैयाँ पुगेको छ ।  गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ६ करोड ४३ लाख रूपैयाँ रहेको थियो । त्यसैगरी,  पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि ७.६४ प्रतिशतले घटेर ४ करोड ७३ लाख रपैयाँ पुगेको छ । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी २६ करोड रुपैयाँ र जगेडा कोषमा १८ करोड ५९ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) २२.७३ रुपैयाँले घटेर ५ रुपैयाँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ५३ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको