Like us!
Follow us!
Connect us!
Watch us!

जीवन विकास लघुवित्तकाे बम्पर बाेनससहित यी ४ कम्पनीकाे सेयर अझै किन्दा पाइन्छ लाभांश

अर्थ संसार

सोमबार, ०७ चैत्र २०७८, १३ : ४४ मा प्रकाशित

जीवन विकास लघुवित्तकाे बम्पर बाेनससहित यी ४ कम्पनीकाे सेयर अझै किन्दा पाइन्छ लाभांश

विभिन्न १४ वटा कम्पनीहरूले साधारण सभा आह्वान गरेका छन् । जसमध्ये, १० वटा कम्पनीकाे लाभांश प्रस्ताव रहेकाे छ । लभांश घाेषणा भएका १० वटा कम्पनीमध्ये ४ वटा कम्पनीकाे लाभांश सुरक्षित गर्ने अर्थात बुकक्लोजको मिति बाँकी नै छ भने बाँकी ६ कम्पनीको बुकक्लोज भइसकेको छ । 

यी ४ कम्पनीकाे सेयर अझै किन्दा पाइन्छ लाभांश

१. जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड

संस्थाको तेस्रो वार्षिक साधारण सभा चैत्र २५ गते, शुक्रबार संस्थाको केन्द्रिय कार्यालय कटकरी २, मोरङमा १०ः३० बजेदेखि सुरु हुनेछ । सभाले संस्थाको फागुन ७ गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.६८ प्रतिशत नगद गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, संस्थाले लाभांश तथा साधारण सभा प्रयोजनका लागि चैत्र १२ गतेदेखि २५ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, चैत्र ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र लाभांश र साधारण सभामा भाग लिन सक्नेछन् । 

२. प्रभु इन्स्याेरेन्स कम्पनी लिमिटेड

कम्पनीकाे चैत्र २ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे छब्बीसाैँ वार्षिक साधारण सभा चैत्र ३० गते, बुधबार प्रभु इन्स्याेरेन्स लिमिटेड, "प्रभु कम्प्लेक्स", तिनकुने, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।  सभामा कम्पनीकाे पाैष २९ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५८ प्रतिशत नगद गरी कुल ११.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि चैत्र १७ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, चैत्र १६ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।  

३. आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड

संस्थाको चैत्र ५ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको वार्षिक साधारण सभा चैत्र २७ गते, आईतबार बनेपा पार्टी भेन्यू, काभ्रेपलान्चोकमा बिहान ११ बजेदेखि सुरु हुनेछ।  सभाले कम्पनीको सञ्चालक समितिले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २१ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । संस्थाले लाभांश तथा साधारण सभा प्रयोजनका लागि चैत्र १७ गतेदेखि २७ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, चैत्र १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र लाभांश र साधारण सभामा भाग लिन सक्नेछन् । 

४. नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)

टेलिकमकाे १४औँ वार्षिक साधारण सभा चैत्र २४ गते बिहिबार त्रिभुवन आर्मि अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान ११ बजेदेखि सुरु हुनेछ । उक्त सभाले कम्पनीको संचालक समितिको बैठकले गरेकाे निर्णय अनुसार आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी २० प्रतिशत नगद लाभांश गरी कुल ४० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्नेछ । लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ कम्पनीले ११ चैत्रदेखि बुक क्लोज गर्नेछ । यसअनुसार १० चैत्रसम्म कायम सेयरधनीले मात्रै लाभांश र साधारण सभामा सहभागी हुन पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको