Like us!
Follow us!
Connect us!
Watch us!

चीनमा १३३ यात्रु सवार जेट विमान दुर्घटनाग्रस्त

अर्थ संसार

सोमबार, ०७ चैत्र २०७८, १४ : ५८ मा प्रकाशित

चीनमा १३३ यात्रु सवार जेट विमान दुर्घटनाग्रस्त

चीनको एउटा जेट विमान दुर्घटनामा परेको छ । १३३ यात्रु सवार चाइना इस्टर्नकाे बोइङ ७३७ दक्षिणपश्चिम चीनको ग्वाङसी क्षेत्रमा दुर्घटनग्रस्त भएको हो । 

चाइना सेन्ट्रेल टेलिभिजनले भन्यो, ‘१३३ यात्रु सवार चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ विमान ग्वाङसीकाे टेङ काउन्टीमा दुर्घटनाग्रस्त भएको छ र पहाडमा आगलागी भएको छ । ’

सो विमान स्थानीय समयअनुसार १ बजेर १५ मिनेटमा चीनको कुन्मिङबाट ग्वाङझोउका लागि उडेको थियो ।

सो विमान एउटा पहाडी क्षेत्रमा ठोक्किएपछि आगो लागेको प्राप्त प्रारम्भिक  विवरणहरुमा जनाइएको छ । घटनास्थलमा उद्दार समूह पठाइएको बताइएको छ । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । एजेन्सी 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको