Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ४ कम्पनीकाे बाेनस सूचिकृत, हेर्नुस् कुनकाे कति ?

नेप्से

सोमबार, ०७ चैत्र २०७८, १६ : ०३ मा प्रकाशित

नेप्सेमा ४ कम्पनीकाे बाेनस सूचिकृत, हेर्नुस् कुनकाे कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) विभिन्न ४ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार वाेमी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २० प्रतिशत बोनस बापतको ८ लाख २३ हजार ८ सय ८८ दशमलव ८० कित्ता सेयर सूचिकृत भएको हो ।

यस्तै, नेपाल एसबीआई बैंक लिमिटेडकाे ३.५० प्रतिशत बाेनस बापतकाे ३३ लाख २२ हजार ७ सय ५२ दशमलव २६०३ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

यसका साथै, प्राइम लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे १५ प्रतिशत बाेनस बापतकाे ३६ लाख २५ हजार ५ सय ८५ दशमलव ५४ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

त्यसैगरी, पाेखरा फाइनान्स कम्पनी लिमिटेडकाे ८.०७५ प्रतिशत बाेनस बापतकाे ७ लाख ७७ हजार ७ सय ४० दशमलव २३ कित्ता सेयर सूचिकृत भएकाे हाे । 

एनटीसीमा खेलाडी खेल्नु स्वभाविक, यो नै बजारको सुन्दरता होः अम्बिका पौडेल

५४ वर्षदेखि बजारमा सक्रिय डमरू भन्छन्, ‘बैंक र इन्स्योरेन्सकाे सेयर सीरानीमुनि राखेर सुत्दा हुन्छ’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको