Like us!
Follow us!
Connect us!
Watch us!

एनटीसीमा खेलाडी खेल्नु स्वभाविक, यो नै बजारको सुन्दरता होः अम्बिका पौडेल

अर्थ संसार

सोमबार, ०७ चैत्र २०७८, १६ : २२ मा प्रकाशित

एनटीसीमा खेलाडी खेल्नु स्वभाविक, यो नै बजारको सुन्दरता होः अम्बिका पौडेल

धेरै दिनदेखि लगातार घटेर १९ अक्टोबर २०२१ मा नेप्से परिसूचक २४८१ को विन्दुसम्म आइपुग्यो र २४८१ को विन्दुबाट माथितिर लाग्यो। त्यसपछि नेप्से बढ्दो क्रममा गयो र ३ नोभेम्बर २०२१ मा २८७८ को विन्दुसम्म पुगेर त्यहाँबाट झर्न थाल्यो। २८७८ को विन्दुबाट उच्च अङ्कले खस्दै नेप्से परिसूचक डिसेम्बर १३, २०२१ मा २२६० को विन्दुसम्म खस्यो। २२६० को विन्दुलाई बटम बनाउँदै सो विन्दुबाट बढ्न थालेको नेप्से २९८३ को विन्दुसम्म पुगेर खस्दै अहिले २६०० को आसपासमा छ। 

तर नेपाल टेलिकमको कहानी अर्कै छ:

नेप्से २४८१ को विन्दुमा झरेको १९ अक्टोबरको दिन NTC ९७० को विन्दुसम्म झरेको थियो।  त्यसपछि नेप्सेसँगै NTC को सेयरमूल्य पनि बढ्न थाल्यो र त्यो र्यालीमा NTC को मूल्य १२४६ सम्म पुग्यो।  २२६० को न्युनतम विन्दुसम्म नेप्से परिसूचक खसेको १३ डिसेम्बर २०२१ को दिन NTC को सेयर मूल्य ११९८ रुपैयाँसम्म आइपुगेको थियो । त्यसपछि करिब २ महिनाको अवधिमा फेब्रुअरी २३, २०२२ मा NTC को सेयर मूल्य १८०१ सम्म पुगेर त्यहाँबाट खस्दै अहिले १५०० को हाराहारीमा छ।  

नेप्से परिसूचक २४८१ को विन्दुबाट २२६० को बिन्दुसम्म खस्यो तर NTC ९७० को विन्दुमा बटम लगाएको NTC नेप्से २२६० को बिन्दुसम्म झर्दा पनि ११९८ भन्दा तल गएन। नेप्सेमा डाउन ट्रेन्ड बन्दै गर्दा NTC मा अप ट्रेन्ड बनिरहेको थियो। १४ नोभेम्बर २०२१ को दिनबाट NTC को सेयर कारोबार पनि व्ह्वात्तै बढेको देखिन्छ। त्यसअघि औसत दैनिक ३० हजार कित्ता कारोबार हुने नेपाल टेलिकमको सेयर १४ नोभेम्बर पछि औसत दैनिक २ लाख कित्ता कारोबार हुन थाल्यो।  

सबैभन्दा रोचक कुरा त के भने ११९८ को बिन्दुबाट NTC बढ्दै गर्दा नेप्सेमा व्यापक उतार चढावहरु आए तर NTC लगातार बढिरह्यो।  NTC को मूल्य झरेन झन् बढ्दै गयो।  त्यो क्रममा बजारमा NTC ले ठुलो मात्रामा बोनस सेयर घोषणा गर्ने हल्ला चलिरहे।  यस अघिका बर्षहरुमा पनि NTC ले बोनस सेयर दिने हल्ला चल्ने गरेको थियो तर कम्पनीले सधैं नगद लाभांस मात्र दिने गरेको थियो। झन् चुनावी बर्ष भएको कारण सरकारलाई नगदको आवश्यकता भएकाले NTC ले १००% को हाराहारीमा नगद लाभांस दिनसक्ने हुँदा मूल्य बढिरहेको कतिपय विश्लेषकहरुको अनुमान थियो। तर प्राय: को अनुमान विपरित कम्पनीले २०% बोनस सेयर दिने घोषणा गर्यो।  

यतिबेला यो प्रसंगले बजार तातेको छ। लगानीकर्ताहरु NTC मा इन्साइडर ट्रेडिङ्ग भएको भन्दै छानबिन हुनुपर्ने माग गरिरहेका छन् । विशेषगरी सर्वसाधारण सेयरधनीहरुको प्रतिनिधित्व गर्दै गतबर्ष NTC को संचालक बनेका अम्बिका प्रसाद पौडेलले आफ़ू र आफ्ना नजिकका व्यक्तिहरुलाई NTC को बोनस सेयर आउने बारे पहिले नै सूचना चुहावट गरेको र त्यसैको परिणाम स्वरुप २ महिनाको छोटो अवधिमै नेप्से डाउन ट्रेन्डमा रहँदा रहँदै पनि ५०% भन्दा धेरैले सेयरमूल्य बढेको आरोप लाग्दै गर्दा अन्तत: यस विषयमा पौडेलले मुख खोलेका छन्।  एक अन्तर्वार्ता कार्यक्रममा पौडेलले यस विषयमा उठेका प्रश्नहरुको जवाफ दिँदै आफ्नो धारणा सार्वजनिक गरेका छन्। 

गत वर्ष NTC को संचालकमा उम्मेद्वारी दिँदा निर्वाचन जिताउन सहयोग गर्ने साथीहरुको अपेक्षा अनुरुप बोनस सेयर घोषणा गरिएको बताउँदै उनले आफ्नै पहलमा बोनस सेयर घोषणा गरिएको संकेत गरे।  यो बिचमा NTC को सेयरमा तपाईले नै इन्साइडर ट्रेडिङ्ग गर्नुभयो भन्ने आरोप छ नि भन्ने प्रश्नको घुमाउरो जवाफ दिँदै पौडेलले पुँजी बजार राम्ररी नबुझ्नेहरुले इन्साइडर ट्रेडिङ्ग भयो भन्ने गरेको बताए। शिवम, अपर, AHPC लगायतका कम्पनीहरुको सेयर मूल्य बढेको उदाहरण दिँदै उनले जसरी अन्य कम्पनीहरुमा खेलियो त्यसरी नै NTC मा पनि खेलिएको कुरा सत्य भएको स्वीकारे। इन्साइडर ट्रेडिङ्ग भनेर उफ्रिनुको कुनै तुक नरहेको बताएका पौडेलको प्रस्तुति र हाउभाउ हेर्दा सेयर बजारमा इन्साइडर ट्रेडिङ्ग हुनु सामान्य कुरा रहेको र यो गलत पनि नभएको उनको धारणा रहेको प्रष्टै झल्किन्थ्यो। 'पुँजी बजारको सुन्दरता नै यहि हो' भन्ने वाक्य पटक पटक दोहोर्याएका पौडेलको अभिव्यक्ति विश्लेषण गर्दा सेयर बजारमा इन्साइडर ट्रेडिङ्ग हुनु स्वभाविक हो र अरुले पनि इन्साइडर ट्रेडिङ्ग गरेका छन् मैले गर्दा चाहिँ किन कोकोहोलो भनेर असन्तुष्टि व्यक्त गर्न खोजेको भान हुन्छ।  

पत्रकारले तपाईले NTC को सेयरमा इन्साइडर ट्रेडिङ्ग गरेको हो भनेर प्रश्न गर्दा मैले गरेको छैन वा होइन भन्ने जवाफ उनले दिन सकेनन्। NTC , CGH लगाएत नेप्सेमा सूचिकृत अन्य थुप्रै कम्पनीका संचालक रहेका पौडेल उद्योग वाणिज्य महासंघ अन्तर्गत पुँजीबजार समितिका सभापति समेत हुन् । लामो समयदेखि अगुवा लगानीकर्ता भनेर चिनिदैं आएका र जिम्मेवार पदीय हैसियतमा रहेका पौडेलले सार्वजनिक रुपमै इन्साइडर ट्रेडिङ्ग सामान्य हो भन्ने किसिमको अभिव्यक्ति दिनुले नेपालको पुँजीबजार केहि ठूला खेलाडीहरुको हातमा रहेको र पुँजीबजारबाट उनीहरुले मात्रै फाइदा लिईरहेको सोच राख्ने नियामक निकाय तथा नीति निर्माताहरुलाई पुँजी बजारको सन्दर्भमा हाम्रो धारणा सही रहेछ भन्ने आधार तय गरिदिएको छ।  

नेप्से डाउन ट्रेन्डमा रहँदा पनि NTC को सेयर मूल्य लगातार बढ्नु, ३० हजार कित्ता औसत दैनिक कारोबार बढेर २ लाख कित्ताको हाराहारीमा पुग्नु, बजारमा बोनस सेयर जारि हुने हल्ला हुनु, केही ब्रोकरहरुबाट आक्रामक रुपमा खरिद हुनु र आखिरमा इतिहासमै पहिलो पटक बोनस सेयर घोषणा हुनुलाइ केवल संयोगको रुपमा लिन सकिन्छ र ? आम लगानीकर्ताहरुले कम्पनीको सेयरमा इन्साइडर ट्रेडिङ्ग भएको आवाज उठाउँदै गर्दा यस्तो गम्भीर आरोप लागेका पौडेलले यदि उनी निर्दोष छन् भने मिडियामा उभिएर मैले इन्साइडर ट्रेडिङ्ग गरेको छैन, यदि मैले इन्साइडर ट्रेडिङ्ग गरेको शङ्का भए नियामक निकायले छानबिन गरोस र दोषी ठहरिए कानुनी कारबाही आफ्नो ठाउँमा छ, त्यो सहर्ष स्वीकार गर्न तयार छु, त्यतिमात्र होइन म पुँजीबजारका आम लगानीकर्ताको हक हितको लागि लड्छु भनेर लागिपरेको मान्छे, इन्साइडर ट्रेडिङ्ग गरेको वा गराएको रहेछु भने  'मलाई चारपाटा मुडाएर थानकोट कटाईदिए हुन्छ' भन्दै गर्जन सक्नुपर्ने होइन र ?

दोस्रोबजार सबैको लागि होइन - अम्बिका पौडेल , के छ उनको हालको पुँजीबजारको बुझाई? Ambika Poudel

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको