Like us!
Follow us!
Connect us!
Watch us!

अब खल्तीबाट नेपालको कुनै पनि बैंक खातामा निःशुल्क पैसा ट्रान्सफर गर्न सकिने

अर्थ संसार

सोमबार, ०७ चैत्र २०७८, १६ : २८ मा प्रकाशित

अब खल्तीबाट नेपालको कुनै पनि बैंक खातामा निःशुल्क पैसा ट्रान्सफर गर्न सकिने

पैसा ट्रान्सफरलाई अझै सजिलो र सरल बनाउन खल्ती डिजिटल वालेटले निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने सुविधा उपलब्ध गराएको छ । यस मार्फत प्रयोगकर्ताहरूले निःशुल्क जहाँसुकै बसी ‘खल्ती’ मार्फत कुनै पनि बैंक खातामा तत्काल पैसा पठाउन सक्ने भएका छन् । 

यो अफर प्रयोगकर्ताहरूका लागि बैंक ट्रान्सफर प्रक्रियालाई सरल र सजिलो प्रक्रिया बनाउन खल्तीको प्रयासको एक हिस्सा भएको कम्पनीले जनाएको छ । ‘खल्ती’ बाट प्रति कारोबार सीमा रकम पचास हजार  र प्रति दिन एक लाख रहेको छ । तसर्थ, प्रयोगकर्ताहरूले सजिलैसँग यो रकम निःशुल्क कुनै पनि बैंकहरूमा ट्रान्सफर गर्न सक्नेछन् । यो अफर चैत्र ७ गते २०७९ देखि बैशाख ६, २०७९ गते सम्म लागु हुने समेत कम्पनी जनाएको छ । 

यस सुविधाका बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने “खल्ती सधैं प्रयोगकर्ताहरूको लागि सुविधा सहज र प्रभावकारी बनाउनमा विश्वास गर्दछ र यो अभियानले डिजिटल फन्ड ट्रान्सफर र प्रयोगकर्ताहरूको बचत गर्ने बानीलाई बढावा दिने अपेक्षा गरिएको छ ।” 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको