सेञ्चुरी कमर्सियल बैंक लिमिटेड पेप्सीकोला शाखाले सोमबार एकदिने निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न गरेको छ ।
सो शिविरमा १०८ जना स्थानीय बासिन्दाहरुले सेवा प्राप्त गरेको छन् । उक्त कार्यक्रममा समाज डेण्टल हस्पिटल पेप्सीकोलाको प्राविधिक सहयोग रहेको थियो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
आधुनिक प्रविधिको माध्यमबाट देशकादुर्गम तथाशहरी क्षेत्रमा सरल बैंकिग सेवाप्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २६ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवाप्रदान गर्दै आइरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस