Like us!
Follow us!
Connect us!
Watch us!

बलेफी हाइड्रोपावरको आयोजना प्रभावितको आईपीओ बाँडफाँडः बुधबारबाट पैसा फिर्ता हुने

अर्थ संसार

मंगलबार, ०८ चैत्र २०७८, ०८ : २२ मा प्रकाशित

बलेफी हाइड्रोपावरको आयोजना प्रभावितको आईपीओ बाँडफाँडः बुधबारबाट पैसा फिर्ता हुने

बलेफी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको निमित्त निष्काशन गरिएको साधारण शेयर (आइपिओ) बाँडफाँड गरेको छ ।

कम्पनीले माघ २७ गतेबाट निष्कासन तथा बिक्री खुल्ला गरेको १८ लाख २७ हजार ९७० कित्ता साधारण सेयर (आईपीओ) को चैत्र ६ गते बाँडफाँड गरेको हो ।

कम्पनीले एक सूचना प्रकाशित गर्दै बाँडफाँड नपरेको शेयर वापतको रकम फिर्ता भुक्तानी भोलि (चैत्र ९ गते बुधबार) देखि गरिने जनाएको छ । आवेदकले आफ्नो आवेदन फारम उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खातामा रकमान्तर गरिने जनाएको छ ।

साथै उल्लेख गरिएको खातामा रकमान्तर नभएमा तथा आवेदन फाराममा बैंकको नाम तथा खाता नं उल्लेख नगरेका आवेदकहरुलाई  आफुले आवेदन बुझेको कार्यलयमा आफ्नो बैकको खाता उल्लेख गराउन आग्रह गरेको छ ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्ः

6239371e848d3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको