Like us!
Follow us!
Connect us!
Watch us!

‘मेरो जस्तो दुर्घटना अरुलाई नपरोस् भनेर नयाँ लगानीकर्ताहरुका लागि ट्राफिक बन्न खाजेको हुँ’

लगानीकर्ताको आवाज

मंगलबार, ०८ चैत्र २०७८, १२ : २७ मा प्रकाशित

आफू बजारका नयाँ लगानीकर्ताहरुका लागि ट्राफिक मात्र बन्न खोजेको बताउँछन् अनुभवी लगानीकर्ता एवं सेयर प्रशिक्षक सुवासचन्द्र भट्टराई ।

अर्थसंसार डटकमको कार्यक्रम लगानीकर्ताको आवाजसँगको कुराकानीमा उनले भने ‘हामी कहिले काँही ट्रफिकहरुसँग रिसाउछौँ तर त्यसो गर्नु हुँदैन उहाँहरुले त हाम्रै सुरक्षाका लागि नियम पालना गर्न भन्नु भएको हो, उहाँहरुले हाम्रो हुनसक्ने संभावित दुर्घटना नहोस् भन्नका लागि त्यसो भन्नु भएको हो त्यसैगरी मैले पनि नयाँ लगानीकर्ताहरुलाई आफूले भोगेको जस्तो दुर्घटना भोग्नु नपरोस् भनेर सचेत बनाएको मात्र हो मैले कुनै कम्पनीको विज्ञापन गरेको होईन कहिले काँही बुझाउनको लागि कुनै कम्पनीको नामसहित नै बोल्न पनि सक्छु तर त्यो मैले कम्पनीको विज्ञापन गरेको नभई तपाईँहरुलाई बुझाउन खोजेको मात्र हो’

आधारभुत र प्राविधिक विश्लेषणमा आफूले आधारभुत विश्लेषणलाई प्राथमिकता दिने बताउँछन् उनी। ‘टेक्निकल सबैले बुझ्न र जान्न पनि संभव हुँदैन यसले स्टप लस गर्न, बजारको अप एण्ड डाउन बुझ्न र बजारबाट राईट टाईममा निस्कन सिकाउँछ तर फन्डामेन्टलले एक्युमुलेट र कम्पाउन्डिङ गर्न सिकाँउछ जसले भविष्यमा उसको पोर्टफोलियो ग्रोथ हुन जान्छ हाम्रो इक्विटी मार्केटमा फन्डामेन्टल हेर्नुपर्छ यदि फोरेक्स र गोल्डहरु भएको भए टेक्निकल प्राथमिकतामा पर्ने थियो’ उनले भने ।

एचआईडिसिएल र निफ्रामा कुन रोज्नुहुन्छ भन्ने प्रश्नमा उनले आफ्नो रोजाईमा निफ्रा पर्ने बताए । ‘मैले यी दुई कम्पनीमध्येमा एउटा रोज्नु पर्दा निफ्रालाई नै प्राथमिकता दिन्छु यसका पछाडि विभिन्न कारणहरु पनि छन्', उनले भने ‘ पहिलो कुरा त निफ्रा पुर्वाधार विकास गर्ने कम्पनी हो जसको भविश्य पनि म राम्रो देख्छु, दोस्रो निफ्रामा लगानीकर्ताहरु पनि धेरै हुनुहुन्छ, तेस्रो निफ्राले संसारभरीबाट डिबेन्चर मार्फत लगानी भित्राउन सक्छ नेपालमा अहिले पनि पुर्वाधार विकासका धेरै कामहरु बाँकि नै छन् त्यसैले पनि मैले व्यक्तिगत रुपमा यसको भविश्य राम्रो देखेको छु ।’

‘मिस्टर मार्केट स्मार्ट छ र उ सधैँ सही रुपमा हिँडेको हुन्छ, गलत त हामी लगानीकर्ताको निर्णय हुन्छ’, उनले भने 'बजार आफ्नो लयमा हिँडिरहेको हुन्छ बजारलाई लगानीकर्ताहरुको भावना, देशको आर्थिक व्यवस्था, रेमिट्यान्सको अवस्था, राजनितीक अवस्था र तरलताको  अवस्था पनि बजारले रिड गरिरहेकै हुन्छ र कहिले काही त्यही अनुसार रियाक्ट पनि गर्छ मिस्टर मार्केट सधै सही हुन्छ गलत त हाम्रो डिसिजन हुन्छ कहिले काही हामी किन्ने बेला बेच्छौँ अनि बेच्ने बेला किन्छौँ बजारलाई चिनेर बजारको ट्रेन्डलाई बुझेर लगानी गर्न सके घाटा खानुपर्दैन ।‘

सेयरमा लगानी गर्ने लगानीकर्ताहरुले कुनै एक व्यक्तिलाई मात्र फलो गरेर सेयर कारोबार गर्न नहुने उनको तर्क छ । यहि तपाईले फलो गरेको व्यक्तिले गलत सुझाव दियो वा उसको अनुमान गलत भयो भने त आफु पनि फसिने भन्दै उनले कसैले भनेको भन्दैमा आँखा चिम्लिएर लगानी नगरी आफुले पनि भेरिफाइ गरेर मात्र सेयर किन्नु पर्ने उनको सुझाव छ । 

सेयर बजारमा गुमाएर सिक्नुभन्दा पनि गुमाउनु भन्दा पहिल्यै बजार र आँफुलाई अनि आफ्नो लगानीलाई बुझेर लगानी गर्नुपर्ने बताउँछन् उनी । ‘बजारमा इन्भेष्ट गर्नुभन्दा पहिले इन्फरमेसन लिनुहोस्, त्यसमा इन्भेष्टिगेसन गर्नु अनि बजारको इन्टरडक्सन लिई बजारलाई पनि आफ्नो इन्टरडक्सन दिनु,’ उनले भने ‘आफ्नो इन्टरडक्सन किन दिने भने तपाईले हामिलाई वा कसैलाई त ढाट्न सक्नुहोला तर आफुले आफैलाई त ढाट्नु हुन्न नी म सँग कस्तो पैसा छ यो जोखिममा पर्यो भने पनि के हुन्छ भन्ने जस्ता सबै पक्षलाई बुझेर मात्र लगानी गर्नुपर्छ’ ।

अनुभवी लगानीकर्ता एवं सेयर प्रशिक्षक सुवासचन्द्र भट्टराइसँगको भिडियो कुराकानीः
 
  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको