Like us!
Follow us!
Connect us!
Watch us!

रुसले हवाई उपस्थिति बृद्धि गर्‍योः युक्रेनी सेना

अर्थ संसार

मंगलबार, ०८ चैत्र २०७८, १३ : २२ मा प्रकाशित

रुसले हवाई उपस्थिति बृद्धि गर्‍योः युक्रेनी सेना

किभ–रुसीे रुसी सेनाले पछिल्लो २४ घण्टामा युक्रेनको हवाई क्षेत्रमा आफ्नो हवाई उपस्थिति बढाएको युक्रेनको सेनाले जनाएको छ । ‘धेरै मानवरहित हवाई सवारी साधनहरूको प्रयोगको अतिरिक्त  शत्रुले बमवर्षक, आक्रमण र लडाकु विमान, क्रुज  मिसाइलहरू र ब्यालिस्टिक मिसाइलहरू विभिन्न दिशाहरूमा प्रयोग गर्छन’, युक्रेनको वायुसेना कमाण्डले एक विज्ञप्तिमा भन्यो । 

युक्रेनले सोमबार एउटा रुसी विमान, दुई ओटा हेलिकोप्टर र ६ ओटा ड्रोन ध्वस्त पारेको दाबी गरेको । युक्रेनको दाबीको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।

यसैबीच, एउटा भिडियो सन्देशमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सशस्त्र फौजले रुसी फौजको सशक्त प्रतिकार गरेको र उनीहरुलाई अगाडि बढ्नबाट रोकेको छ । युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा युक्रेनी फौजले रुसी विमान खसालिदिएको उनले बताएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको