Like us!
Follow us!
Connect us!
Watch us!

रुसले युक्रेनमा रसायनिक हतियार प्रयोगको योजना गरेको छः बाइडेन

अर्थ संसार

मंगलबार, ०८ चैत्र २०७८, १४ : ०३ मा प्रकाशित

रुसले युक्रेनमा रसायनिक हतियार प्रयोगको योजना गरेको छः बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनमा रसायनिक हतियार प्रयोगको योजना गरिरहेको आरोप लगाएका छन् ।

यसले युक्रेनमा ‘युद्ध अपराध’ का प्रमाणहरू संकलन गर्न मद्दत गर्ने बताउँदै अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले रुसी सेनाले अन्धाधुन्दा आक्रमण गरेको आरोप लगाएको छ । 

रुसी सेनाले युक्रेनमा रणनीतिक महत्वका क्षेत्रमा निशाना बनाइरहेका बेला राष्ट्रपति बाइडेनको सो भनाई आएको हो । यसैबीच, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग प्रत्यक्ष वार्ताका लागि पुनः आह्वान गरेका छन् । उनले नेटोमा किभको सदस्यता बन्ने योजना त्याग्न तयार रहेको बताएका छन् । 

उता, राजधानी किभमा बुधबार बिहानसम्मका लागि पुनः कर्फ्यू घोषणा गरिएको छ । राजधानीमा रुसी सेनाले अझै बढी गोलाबारी गर्न सक्ने मेयरले चेतावनी दिएपछि कर्फ्यू घोषणा गरिएको हो । 

बाइडेनका पछिल्ला टिप्पणीहरुलाई लिएर रुसले अमेरिकी दूतलाई बोलाएको छ । एजेन्सी

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको