Like us!
Follow us!
Connect us!
Watch us!

कर्पोरेट डेभलपमेन्ट बैंकको अवितरित हकप्रद चैत्र १६ गतेबाट लिलामीमा, न्यूनतम मूल्य १०० रुपैयाँ

अर्थ संसार

बुधबार, ०९ चैत्र २०७८, ०७ : २१ मा प्रकाशित

कर्पोरेट डेभलपमेन्ट बैंकको अवितरित हकप्रद चैत्र १६ गतेबाट लिलामीमा, न्यूनतम मूल्य १०० रुपैयाँ

कर्पोरेट डेभलपमेन्ट बैंकले निष्काशन गरेको हकप्रदमा अवितरित सर्वसाधारण समूह तर्फको १ लाख २० हजार १ सय २० कित्ता सेयर लिलामीमा आउने छ । 

उक्त सेयरमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसस्थाले चैत्र १६ गते देखि २४ गतेसम्म  बोलपत्र पेश गर्न सक्नेछन् । उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।लगानीकर्ताले न्युनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, उक्त सेयरको बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल लिमिटेडले गरेको छ । लगानीकर्ताले सिभिल क्यापिटल लिमिटेड, सुन्धारन–काठमाडौं, सिभिल बैंकको शाखा कार्यालयहरु नेपालगंज, विराटनगर, पोखरा, सुर्खेत, बिरगंज धनगढीबाट र कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको रजिष्टर्ड कार्यालय तथा शाखा कार्यालयहरूः वीरगंज १३, आदर्शनगर, पर्सा वीरगंज २५, ड्राईपोट, पर्सा, बीरगंज ३१,  चोनीै, पर्सा, बीरगजबाट पनि बोलपत्र पेश गर्न सक्नेछन् ।्

बैंकले माघ ७ गतेबाट फागुन १३ गतेसम्म १ बराबर १ः५ को अनुपातमा  कुल ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको थियो। 

बैंकको सूचनाः 

623a79fe2cb2a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको