Like us!
Follow us!
Connect us!
Watch us!

रुस-युक्रेन युद्धः मारिओपल सहरमा १ लाख मानिस बिचल्लीमा

अर्थ संसार

बुधबार, ०९ चैत्र २०७८, ०७ : ४० मा प्रकाशित

रुस-युक्रेन युद्धः मारिओपल सहरमा १ लाख मानिस बिचल्लीमा

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी बम हमला र गोलाबारीबीच दक्षिणी बन्दरगाह शहरमा करीब १ लाख युक्रेनी बिचल्लीमा परेको बताएका छन् । ‘आजसम्म मारिओपलमा करीब १ लाख मानिस अमानवीय अवस्थामा छन् । उनीहरुलाई खाना, पानी र औषधि छैन् । त्यहाँ निरन्तर गोलाबारी र बम हमला भइरहेको छ ’, राष्ट्रपतिले भने । 

त्यहाँ मानवीय कोरिडोरमार्फत नागरिकहरूलाई उद्धार गर्ने प्रयासहरू रूसी गोलाबारी र ‘योजनाबद्ध आतंक’का कारण अवरोध भएको उनले बताए । 
एउटा मानवीय कोरिडोर रुसले नियन्त्रणमा लिएको जानाकारी दिँदै जेलेन्स्कीले सरकारी कर्मचारी र उनीहरुका बस चालकलाई रुसी सेनाले बन्धक पारेको आरोप लगाए ।

जेलेन्स्कीले अगाडि भने, ‘सम्पूर्ण कठिनाइका बाबजुद मारिओपोलका ७ हजार २६ जनको मंगलबार शहरबाट उद्धार गरिएको छ । 
यसैबीच, पछिल्लो दुई सातामा युक्रेनले १ लाख टन मानवीय सहयोग प्राप्त गरेको उनले बताए । जेलेन्सकीले क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसलाई युक्रेनको भ्रमण गर्न गरेकोसमेत जानाकारी दिएका छन् । एजेन्सी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको