Like us!
Follow us!
Connect us!
Watch us!

प्रहरीमा थप गरिएका तीनवटा पदमा बढुवाको प्रक्रिया सुरु

पत्रपत्रिका

बुधबार, ०९ चैत्र २०७८, ०८ : १३ मा प्रकाशित

प्रहरीमा थप गरिएका तीनवटा पदमा बढुवाको प्रक्रिया सुरु

 नेपाल प्रहरीमा थप गरिएका तीनवटा पदका लागि अब बढुवाको प्रक्रिया सुरु भएको छ । यो प्रक्रिया सुरु भएसँगै प्रहरीमा वरिष्ठ प्रहरी नायब निरीक्षक (वसई), वरिष्ठ प्रहरी हबल्दार (वह) र सहायक हबल्दार (सह)मा बढुवाको बाटो खुलेको हो।

 

सरकारले प्रहरी कर्मचारी नियमावली-२०७१ संशोधन स्वीकृत गरेसँगै थप गरिएका पदमा बढुवाका लागि बाटो खुलेको हो । केन्द्रीय प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विष्णुकुमार केसीले अबको १०/१५ दिनभित्र पदोन्नति गरिसक्ने बताए । तल्लो दर्जाका प्रहरी कर्मचारीलाई प्रोत्साहनस्वरूप आत्मबल बढाउन तीनवटा नयाँ पद सिर्जना गरिएको हो । कार्यसम्पादन मूल्याङ्कन भन्दा वरिष्ठताका आधारमा पदोन्नति तथा बढुवामा सिफारिस गरिने भएको छ।

प्रवक्ता केसीले भने, “कारबाहीमा परेकाबाहेक प्रबल दाबेदारलाई वरिष्ठताकै आधारमा ब्याचुअनुसार बढुवा गर्ने तयारी भइरहेको छ । पदोन्नति भएकाहरू दर्ज्यानी चिह्न पहिरिएर २०७९ वैशाख ३० गते हुने निर्वाचनको सुरक्षामा खटिने छन् । वरिष्ठ सईमा एक हजार ४१८, वरिष्ठ हबल्दारमा तीन हजार ७४८ र सहायक हबल्दारमा १५ हजार २४१ जनाको दरबन्दी स्वीकृत भएको छ । त्यस्तै सईको दरबन्दी दुई हजार ८७८, हबल्दारको ११ हजार २४१ र सिपाहीको ३० हजार ९६६ कायम गरिएको छ । करिब ७६ हजार प्रहरी जनशक्ति रहेको छ । गोरखापत्र दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको