Like us!
Follow us!
Connect us!
Watch us!

छिमेक लघुवित्तको लिलामी सेयर भर्ने आज अन्तिम माैका

अर्थ संसार

बुधबार, ०९ चैत्र २०७८, ११ : १७ मा प्रकाशित

छिमेक लघुवित्तको लिलामी सेयर भर्ने आज अन्तिम माैका

बैंक अफ काठमाडौंको स्वामित्वमा रहेको छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेडकाे संस्थापक समूहकाे सेयर भर्ने आज (चैत्र ९ गते, बुधबार) अन्तिम दिन रहेकाे छ । संस्थाकाे ६ लाख ६ हजार एक सय ४० कित्ता सेयर फागुन ५ गते, बिहीबारबाट बोलकबोल माध्यमबाट बिक्री खुल्ला गरिएकाे थियाे ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६ सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

उक्त सेयरहरू खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरूले न्युनतम २ हजार कित्तादेखि अधिकतममा सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, संस्थाकाे सेयर निष्कासन तथा बिक्री प्रबन्धककाे काम  बि.ओ.के. क्यापिटल मार्केट लिमिटेडले गरेकाे छ । लगानीकर्ताहरूले बिक्री प्रबन्धक  बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड, नक्साल, काठमाडाैँमा आइपुग्ने गरी आवेदन पेश गर्नुपर्नेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको