Like us!
Follow us!
Connect us!
Watch us!

खल्तीमा बैंक लिंक गर्दा बोनस पाइने

अर्थ संसार

विहीबार, १० चैत्र २०७८, १३ : १८ मा प्रकाशित

खल्तीमा बैंक लिंक गर्दा बोनस पाइने

खल्ती डिजिटल वालेटले खल्तीमा पहिलो पटक बैंक लिंक गरेमा एक सय बोनस पाउने अफर ल्याएको छ । यो अफर  लोड गर्ने झन्झटबाट मुक्त गरि अनलाइन भुक्तानीलाई प्रोत्साहित गर्ने उद्देश्यले ल्याइएको हो ।

हाल, खल्तीमा लिङ्क गर्न योग्य २० बैंकहरू उपलब्ध छन् । तसर्थ, पहिलो पटक आफ्नो बैंक खाता खल्तीमा लिङ्क गर्ने प्रयोगकर्ताहरूलाई मात्र बोनस उपलब्ध हुनेछ । बैंकहरू लिङ्क गर्न, प्रयोगकर्ताले आफ्नो प्थ्ऋ प्रमाणित गर्नुपर्छ । यो अफर चैत्र ९ गते २०७८ देखि बैशाख ८, २०७९ गते सम्म लागु हुनेछ कम्पनीले जनाएको छ । 

प्रयोगकर्ताहरूले एक पटक खल्तीमा बैंक लिंक गरिसकेपछि पैसा लोड नगरी केही सेकेन्ड मै भुक्तानी र बैंक ट्रान्सफर गर्न सक्नेछन्। यसले सबैलाई तुरुन्तै विद्युत, पानी, इन्टरनेट, राजस्व र अन्य उपलब्ध सेवाहरूको झन्झटमुक्त भुक्तानी गर्न सक्नेछन् । 

यस अफरको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भनेः “‘खल्ती’ मा  घरि घरि पैसा राख्ने झन्झटबाट मुक्त गर्न बैंक लिंक सुविधा फाइदाजनक छ । यहि कारण यो सिविधा प्रयोग गर्न प्रोत्साहन गर्न दोस्रो पटक यो अफर ल्याएका हौं । हामी हाम्रा प्रयोगकर्ताहरूलाई यो सुविधा पूर्ण रूपमा प्रयोग गर्न र उनीहरूको समय बचत गर्न प्रोत्साहित गर्न चाहन्छौं ।”

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको