Like us!
Follow us!
Connect us!
Watch us!

रुस–युक्रेन युद्धको एक महिना : ७ देखि १५ हजार रुसी सैनिक मारिए, २० लाख युक्रेनीले देश छोडे

अर्थ संसार

विहीबार, १० चैत्र २०७८, १६ : २० मा प्रकाशित

रुस–युक्रेन युद्धको एक महिना : ७ देखि १५ हजार रुसी सैनिक मारिए, २० लाख युक्रेनीले देश छोडे

रुस र युक्रेनबीचको युद्ध सुरु भएको एक महिना पुरा भएको छ । रुसले गत प्रेब्रुअरी २४ का दिन युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेको थियो । 

युद्ध सुरु भएको एक महिनाको अवधिमा युक्रेनमा सातदेखि १५ हजार रुसी सैनिक मारिएको दाबी उत्तर एट्लान्टिक सन्धी संगठन (नेटो)ले गरेको छ । 

नेटोका वरिष्ठ अधिकारीका अनुसार युद्धमा मारिने तथा घाइते हुने रुसी सैनिकको संख्या ३० हजार देखि ४० हजार रहेको छ । 

रुसले मार्च २ पछि युक्रेनसँगको युद्धमा आफ्ना कति सैनिक मारिए तथा घाइते भएका छन् भन्ने सार्वजनिक गरेको छैन । 

रुसले अफगानिस्तानमाथि १० वर्ष कब्जा गर्दा १५ हजार रुसी सैनिक मारिएका थिए । 

युक्रेनले पनि युद्धमा आफ्ना कति नागरिक तथा सैनिकको मुत्यु भयो भन्नेमा स्पष्ट हुन सकेको छैन । युक्रेनका राष्ट्रपतिले करिव दुई साता अघि युद्धमा एक हजार ३०० युक्रेनी सैनिक मारिएको जनाएका थिए । 

युद्धका कारण हालसम्म २० लाखभन्दा बढी युक्रेनीले देश छोडेको जनाइएको छ । उनीहरु छिमेकी देशमा शरणार्थी जीवन बिताउन बाध्य भएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको