Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा जीवन विकास लघुवित्तको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

अर्थ संसार

विहीबार, १० चैत्र २०७८, १६ : ३९ मा प्रकाशित

नेप्सेमा जीवन विकास लघुवित्तको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । 

स्टकका अनुसार संस्थाकाे ७० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३ हजार रूपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ५ हजार एक सय रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

संस्थाको चैत्र ३ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको तेस्रो वार्षिक साधारण सभा चैत्र २५ गते, शुक्रबार संस्थाको केन्द्रिय कार्यलग कटकरी २, मोरङमा १०:३० बजेदेखि सुरु हुनेछ।  सभाले कम्पनीको फागुन ७ गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.६८ प्रतिशत नगद गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको