Like us!
Follow us!
Connect us!
Watch us!

जाजरकोटका तीन ठाउँमा सौर्य मिनिग्रेट

अर्थ संसार

शुक्रबार, ११ चैत्र २०७८, १० : ३२ मा प्रकाशित

जाजरकोटका तीन ठाउँमा सौर्य मिनिग्रेट

विद्यतीकरण नभएको ठाउँमा तत्काल विद्युत पुर्‍याउने उद्देश्यले जाजरकोटका तीन ठाउँमा सौर्य मिनिग्रेट स्थापना गर्न लागिएको छ ।

 वैकल्पिक उर्जा प्रवद्धन केन्द्रको ९० प्रतिशत अनुदान अन्य १० प्रतिशत प्रदेश सरकार र स्थानीयले साझेदारीमा सौर्य मिनिग्रेट स्थापना गर्न लागिएको हाे । जुनिचाँदे गाउँपालिका-७ मा जुनि सौर्य मिनिग्रेट ३५ किलोवाट, कुशे-७ स्थित कुशे ठाँटीकोट सौर्यमिनिग्रेट १६० किलोवाट र नलगाड नगरपालिका-८ मा नलगाड मंसिरी सौर्य मिनिग्रेट १८ किलोवाट निर्माण हुने भएको छ । 

यो भन्दा अगाडि बारेकोट गाउँपालिका-५ मा १७० किलोवाटको सौर्य मिनिग्रेटको काम जारी रहेको छ । १६ करोड ८९ लाख ५२ हजार रुपैयाँ लागतमा निर्माण हुने सौर्य मिनिग्रेट मध्यबाट १० प्रतिशत प्रदेश र स्थानीय तहले साझेदारी गर्ने वैकल्पिक उर्जा प्रवर्द्धन  केन्द्रक सहायक निर्देशक डाक्टर लक्ष्मण प्रसाद घिमिरेले बताए ।

तत्काल विद्युत पुर्‍याउन नसकिने ठाउँमा यस्ता खालका योजनामा कर्णाली सरकार तयार रहेकाे जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले बताए । 

जाजरकाेटमा भेरी,नलगाड, शिवालय र छेडागाड नगरपालिकाका केही ठाउँमा ११ केभी प्रशारण लाइन पुगेको छ । बारेकोट, जुनिचाँदे गाउँपालिकामा केन्द्रीय विद्युतको प्रशारण लाइन पुग्न सकेको छैन । नलगाड नगरपालिकाको अधिकांश वडामा केन्द्रीय लाइन पुगेको छैन । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको