Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई जनरल इन्स्योरेन्सको हकप्रद भर्नुभयाे ? अब २ दिन मात्र बाँकी

अर्थ संसार

शुक्रबार, ११ चैत्र २०७८, १० : ५९ मा प्रकाशित

आइएमई जनरल इन्स्योरेन्सको हकप्रद भर्नुभयाे ? अब २ दिन मात्र बाँकी

आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन २२ गतेबाट निष्कासन तथा  बिक्री खुल्ला गरेको हकप्रद सेयर भर्न अब २ दिन मात्र बाँकी रहेकाे छ । कम्पनीले १:०.४० अनुपातमा चुक्ता पूँजीकाे ४० प्रतिशत अर्थात ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

क-कसले दिन पाउँछन् आवेदन ?

कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि फागुन १ गते, आइतबार एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, माघ २७ गते, बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । 

रेटिङ कति ?

कम्पनीको हकप्रदलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपीआई आर ट्रिपल बी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा आफ्नाे वित्तीय दायित्व पूरा गर्न सुरक्षित रहेको संकेत गर्दछ ।

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड, आइएमई जनरल इन्स्योरेन्सका कार्यालयहरू र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । मेराे सेयरबाट पनि हकप्रद भर्न सकिन्छ । 

कम्पनीकाे वित्तीय अवस्था :

चालु आर्थिक वर्षको २०७८/०७९ को दाेश्राे त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा १९.२३ प्रतिशतले घटेर १२ करोड १३ लाख ६८ हजार रुपैयाँमा सिमित भएकाे छ । गत वर्षको सोही अवधिमा कम्पनीले १५ करोड २ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । पुष मसान्तसम्म कम्पनीको बीमा शुल्क भने ३.४० प्रतिशतले बढेर ३७ करोड ३६ लाख २५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीकाे बीमा शुल्क ३६ करोड ३९ लाख ३४ हजार रुपैयाँ रहेको थियो । हाल कम्पनीकाे चुक्ता पुँजी १ अर्ब १५ करोड ७५ लाख रुपैयाँ र जगेडा कोषमा ३० करोड ४२ लाख ४६ हजार रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको बीमा कोषमा ५३ करोड ५ लाख ४३ हजार रुपैयाँ रहेको छ । त्यसैगरी, कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २० रुपैयाँ ९७ पैसा र कम्पनीकाे प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ११ पैसा रहेको छ । 

कम्पनीले प्रकाशन गरेको सूचना यस प्रकारको छ :

623d51251e2ed.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको