Like us!
Follow us!
Connect us!
Watch us!

महिला कलाकारमाथि हातपात गर्ने बम पक्राउ

अर्थ संसार

शुक्रबार, ११ चैत्र २०७८, १२ : २९ मा प्रकाशित

महिला कलाकारमाथि हातपात गर्ने  बम पक्राउ

युवा संघका केन्द्रीय सदस्य वकिल बम पक्राउ परेका छन् । ठमेलस्थित एक दोहोरी साँझमा महिला कलाकारलाई हातपात गरेको आरोपमा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले उनलाई बिहीबार राति पक्राउ गरेको हो । पक्राउ गरेका बमलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ ।  

महिलामाथि हातपात गर्दै अभद्र व्यवहार गरेको अभियाेगमा उनीविरुद्ध मुद्दा चलाइने प्रहरीले जनाएको छ । उनले महिला कलाकारलाई लात र मुक्का प्रहार गरेका थिए । 

सोह्रखुट्टे वृत्तका सई रामबहादुर महतराले बमलाई हिरासतमा राख्नका लागि म्याद थप गर्न अदालतमा लगिएको र आवश्यक कारबाही प्रक्रिया अघि बढिसकेको बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको