Like us!
Follow us!
Connect us!
Watch us!

पूँजी वृद्धिकाे निर्णय : बीमा कम्पनीमा लगानीकर्ताकाे आकर्षण

अर्थ संसार

आइतबार, १३ चैत्र २०७८, १२ : ४४ मा प्रकाशित

पूँजी वृद्धिकाे निर्णय : बीमा कम्पनीमा लगानीकर्ताकाे आकर्षण

साताको पहिलो कारोबार दिन आज आइतबार बीमा कम्पनीहरूप्रति लगानीकर्ताको आकर्षण देखिएको छ । नेप्से परिसूचक ओरालो लाग्दा दुवै बीमा समूह भने उकालो लागेका छन् । सर्वाधिक काराेबार हुने र सर्वाधिक नाफा कमाउने दुवैतिर अधिकांश हिस्सा बीमा कम्पनीले नै ओगटेका छन् ।

बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गर्ने निर्णय गरेसँगै बीमा कम्पनीप्रति लगानीकर्ताकाे आकर्षण बढेकाे हाे । बीमा समितिकाे चैत्र १० गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गरी जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० कराेड पुर्याउन निर्देशन दिएकाे छ । यसअघि जीवन बीमा कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको थियो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार यस समाचार तयार पार्दासम्म जीवन बीमा समूह १.८३ प्रतिशतले र निर्जीवन बीमा समूह ३.१४ प्रतिशतले बढेकाे छ । यसै अवधिमा नेप्से परिसूचक भने १०.६० अंबले घटेकाे छ ।

सर्वाधिक कराेबार हुने १० वटा कम्पनीमा अपि पावरबाहेक बाँकी सबै इन्स्याेरेन्सहरू रहेका छन् । याे समाचार तयार पार्दासम्म ३ वटा बीमा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको