Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेस केन्द्रिय समिती बैठकमा अर्थमन्त्री शर्माको चर्को आलोचना, बर्खास्त गर्न माग

अर्थ संसार

आइतबार, १३ चैत्र २०७८, १६ : १८ मा प्रकाशित

कांग्रेस केन्द्रिय समिती बैठकमा अर्थमन्त्री शर्माको चर्को आलोचना, बर्खास्त गर्न माग

अर्थमन्त्री जनार्दन शर्माको राजिनामा मागिएकाे छ । शर्माको कामबाट असन्तुष्ट भई सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसको जारी केन्द्रीय कमिटी बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएको हाे ।

केन्द्रीय सदस्य प्रकाश स्नेहीले व्यापार घाटा बढेको, अर्थतन्त्र ओरालो लागेको र सुधारको प्रयास नभएकोले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका हुन् ।

देशको अर्थतन्त्र नै दुर्घटनाको डिलमा पुग्दा समेत उक्त संकटसंग जुध्न कुनै योजना ल्याउन नसकेको र मन्त्री शर्माकै अदुरदर्शिताका कारण नै अर्थतन्त्र अहिलेको अवस्थामा पुगेको निष्कर्षमा प्रधानमन्त्री देउवा र उनको दल नेपाली कांग्रेस पुगेको छ । त्यस्तै शर्माले जन अपेक्षा अपुरुप काम गर्न नसकेको भन्दा उनकै दल माओवादी भित्र पनि असन्तुष्टि बढेको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको