Like us!
Follow us!
Connect us!
Watch us!

रास्वपाका सबै सांसद सामूहिक राजीनामाको तयारीमा

अर्थ संसार

मंगलबार, २४ भदौ २०८२, १२ : १६ मा प्रकाशित

रास्वपाका सबै सांसद सामूहिक राजीनामाको तयारीमा

संसदमा चौथो ठूलो दलको रूपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू सामूहिक राजीनामा दिन्ने तयारीमा जुटेका छन्।

युवा पुस्ताद्वारा चलाइएको जेनजी आन्दोलनलाई सरकारले गरेको कठोर दमनपछि रास्वपा संसदीय दलभित्र सामूहिक राजीनामाको विकल्प अघि सारिएको बताइएको छ। आन्दोलनमा परी धेरै युवाले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गर्दै सांसदहरूले आफूहरू संसदमा बसिरहनुको औचित्य नरहेको निष्कर्ष निकाल्न थालेका छन्।

पार्टी स्रोतका अनुसार, छिट्टै औपचारिक निर्णय गर्दै सबै सांसदले एकैपटक राजीनामा दिने सम्भावना बलियो बन्दै गएको छ। यसअघि रास्वपाका केही सांसदहरूले व्यक्तिगत रूपमा पनि पद त्याग गरेर आन्दोलनतर्फ खुलेको घोषणा गरिसकेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको