Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल हाइड्रोकाे साधारण सभाबाट संस्थापक जित बहादुर श्रेष्ठ सम्मानित

अर्थ संसार

आइतबार, १३ चैत्र २०७८, १७ : ४५ मा प्रकाशित

नेशनल हाइड्रोकाे साधारण सभाबाट संस्थापक जित बहादुर श्रेष्ठ सम्मानित

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडकाे वार्षिक साधारण सभा चैत्र ११ गते, शुक्रबार डेलिस ओपेरा रेष्ट्रो, बालुवाटार काठमाडौँमा सम्पन्न भएकाे छ । 

सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १८.५२५ प्रतिशत बोनस सेयर र ०.९७५ प्रतिशत नगद गरी कूल १९।५ प्रतिशत लाभांश वितरण गर्ने र बोनस सेयर वितरण पश्चात् कायम हुने चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ  ।  

त्यसैगरी, सभाले सुनकोशी हाइड्रोलाई प्राप्ती गर्ने,७ जना सञ्चालकको निर्विरोध निर्वाचन गर्ने लगायतका प्रस्ताव पनि पारित गरेकाे छ ।

सभाबाट संस्थापक जित बहादुर श्रेष्ठसहित उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई सम्मान गरिएकाे छ ।  

कम्पनीले जलश्रोत प्रवर्द्धनको माध्यमद्वारा राष्ट्रको विकासमा र कम्पनीको उन्नति र संस्थागत विकासको लागि समर्पित भई योगदान पुर्याएका भन्दै संस्थापक शेयरधनी जीत बहादुर श्रेष्ठलाई सम्मान गरेकाे हाे । 

6240548eefb62.jpg 6240549161849.jpg 62405494673e3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको