Like us!
Follow us!
Connect us!
Watch us!

भारत भ्रमण अघि नै लोसपालाई सरकारमा ल्याउने प्रधानमन्त्रीको तयारी

पत्रपत्रिका

सोमबार, १४ चैत्र २०७८, ०६ : ५५ मा प्रकाशित

भारत भ्रमण अघि नै लोसपालाई सरकारमा ल्याउने प्रधानमन्त्रीको तयारी

प्रधानमन्त्री शेरबहादुर देउवाले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई सरकारमा ल्याउने अन्तिम तयारी थालेका छन्।

प्रधानमन्त्री देउवाले भारत भ्रमणमा जानुअघि नै लोसपालाई सरकारमा ल्याउने तयारी थालेका हुन्। यसबीच उनीहरुबीच निरन्तर सम्बादसमेत भइरहेको छ। 

 

बालुवाटार स्रोतका अनुसार आइतबार दिउँसो प्रधानमन्त्री देउवा र लोसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता भएको छ। भेटवार्तामा ठाकुरले प्रधानमन्त्रीसँग चार मन्त्रालय मागेको स्रोतको भनाइ छ।

'प्रधानमन्त्री र ठाकुरबीच दिउँसो सरकारमा सहभागी हुने विषयमा छलफल भयो। छलफलमा अध्यक्ष ठाकुरले चार मन्त्रालय दाबी गर्नुभएको छ,' स्रोतले भन्यो। प्रधानमन्त्री देउवाले दुई मन्त्रालय दिएर लोसपालाई सरकारमा ल्याउन चाहेको बालुवाटार स्रोतको दाबी छ।

लोसपा नेता डा. सुरेन्द्र झाले पनि सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्रीसँग महन्थ ठाकुरले निरन्तर सम्वाद गरिरहेको बताए। त्यसका लागि लोसपाले आफ्ना सर्तहरु अगाडि सारेको उनले बताए । 'हो, सरकारमा सहभागी हुनेबारे अध्यक्षजी र प्रधानमन्त्रीजीबीच सम्वाद भइरहेको छ।' अन्नपूर्ण पोस्टमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको