Like us!
Follow us!
Connect us!
Watch us!

गभर्नरले नैतिकताका आधारमा पदबाट राजिनामा दिनुपर्छः प्रधानमन्त्री

अर्थ संसार

शुक्रबार, ३१ असार २०७९, १२ : ५८ मा प्रकाशित

गभर्नरले नैतिकताका आधारमा पदबाट राजिनामा दिनुपर्छः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको शुक्रबार बसेको बैठमा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । 

बैठकमा गठबन्धन दलका अन्य नेताहरुले गभर्नरको विषय उठाएका थिए । नेकपा एमालेले एम अधिकारी, खोटाङको नाममा अर्थ तथा योजना विभागको सदस्यमा राखेपछि गभर्नर अधिकारी विवादमा परेका छन् ।

प्रधानमन्त्रीले गभर्नरको नाम कुनै पार्टीको नामसंग जोडिएकाले अब उनले नैतिक रुपमा पदबाट राजिनामा दिनुपर्ने बताएको श्रोतले बतायो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको