Like us!
Follow us!
Connect us!
Watch us!

फोहर व्यस्थापनमा प्रधानमन्त्रीको चासो, महानगर प्रमुखसंग छलफल

अर्थ संसार

शुक्रबार, २७ जेठ २०७९, ०६ : ५२ मा प्रकाशित

फोहर व्यस्थापनमा प्रधानमन्त्रीको चासो, महानगर प्रमुखसंग छलफल

 प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई बोलाएर काठमाडौँको फोहर व्यवस्थापनका विषयमा जानकारी लिएका छन्।

प्रधानमन्त्री देउवाले बिहीबार प्रमुख शाहलाई आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएर फोहर व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न नेपाल सरकारको साथ रहेको बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सो अवसरमा प्रधानमन्त्री देउवाले फोहर व्यवस्थापन हुने स्थल बञ्चरेडाँडाका स्थानीय बासिन्दा र जनप्रतिनिधिसँग पनि छलफल गरेर दीर्घकालीन समाधान खोज्न आग्रह गरेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको