Like us!
Follow us!
Connect us!
Watch us!

‘पुँजीबजारको विकास र विस्तारका लागि उत्पादनशील क्षेत्रको सहभागिता बढाउन आवश्यक’

अर्थ संसार

बुधबार, २५ जेठ २०७९, ०६ : ५१ मा प्रकाशित

‘पुँजीबजारको विकास र विस्तारका लागि उत्पादनशील क्षेत्रको सहभागिता बढाउन आवश्यक’

प्रधानमन्त्री शेरबहादुर देउवाले पुँजी बजारको विकास र विस्तारका लागि पँुजी बजारमा उत्पादनशील क्षेत्रको सहभागिता बढाउनु पर्नेमा जोड दिएका छन् । आज नेपाल धितोपत्र बोर्डको ३०औँ वार्षिकोत्सवका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । 

यस्तो छ प्रधानमन्त्रीको शुभकामना सन्देशः  ं

धितोपत्र बजारको नियमन तथा सुपरिवेक्षण गर्न नेपाल सरकारद्वारा स्थापित नेपाल धितोपत्र बोर्ड आफ्नो स्थापनाको ३०औँं वर्षमा प्रवेश गर्न लागेको सुखद अवसरमा बोर्डका सम्पूर्ण पदाधिकारी, कर्मचारी तथा सम्बन्धित सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।

धितोपत्र बजारमा एक स्वायत्त नियमन निकायका रूपमा बोर्डको ‚थापना पश्चात् विकसित पुँजी बजारले दिगो आर्थिक वृद्धिमा सघाउ पुग्दै आएको छ । पुँजी बजारको स्वस्थ विकास र विस्तार मार्फत बचत परिचालनमा समेत बोर्डले महत्वपूर्ण भूमिका खेलेको छ । साथै पुँजी बजारको उचित नियमन मार्फत पुँजी बजारमा कुनै विचलन आउन नदिन, लगानीकर्ताहरूको लगानी सुरक्षित राख्न समेत बोर्डले प्रभावकारी भूमिका निर्वाह गर्दै आइरहेको छ । भर्खरै स्थानीय तहको चुनाव निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण वातावरणमा सम्पन्न भएसँगै सङ्घीय लोकतान्त्रिक शासन पद्धति मजबुत बनाउन सहयोग पुगेको छ । लोकतान्त्रिक व्यवस्थाले नै मुलुकमा आर्थिक लगानीको वातावरण सिर्जना गर्दछ । 

अबको हाम्रो लक्ष्य भनेको मुलुकको द्रुततर आर्थिक विकास र सामाजिक रूपान्तरण भएकाले स्वस्थ पुँजी बजारको विकास मार्फत बोर्डले मुलुकको आर्थिक वृद्धिमा थप सहयोग पु¥याउने विश्वास लिएको छ । कोभिड–१९ बाट प्रभावित अर्थतन्त्र पुनरुत्थान गर्ने क्रममा सरकारले विभिन्न नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याइरहेको छ । वित्तीय र मौद्रिक औजार परिचालन गरी सरकारी तथा निजी क्षेत्रको संयुक्त प्रयासबाट तीव्र आर्थिक वृद्धि हासिल गर्ने सरकारको नीति रहेको छ । यस सन्दर्भमा देशको वित्तीय क्षेत्र एवं समग्र अर्थतन्त्र गतिशील राख्न तथा लगानीकर्ताको मनोबल उच्च बनाइराख्न पुँजी बजारका गतिविधिले महत्पूर्ण भूमिका खेल्नुका साथै शेयर स्वामित्वमा सर्वसाधारणको सहभागिता प्रवद्र्धन गर्न सहयोग पुगेको छ । स्वस्थ र दिगो पुँजी बजारको विकास र विस्तारका लागि यस क्षेत्रमा उत्पादनशील क्षेत्रको सहभागिता बढाउनुका साथै नियमनकारी निकायको क्षमता अभिवृद्धि गर्न सरकार प्रयत्नशील छ । अन्त्यमा पुँजी बजार थप सक्षम, गतिशील र विश्वसनीय बनाउन बोर्डले आगामी दिनमा थप प्रभावकारी भूमिका खेली राष्ट्रिय अर्थतन्त्र सबल बनाउन सहयोग पु¥याउनेछ भन्ने विश्वास सहित बोर्डको उत्तरोत्तर प्रगतिको कामना गर्दछु । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको