Like us!
Follow us!
Connect us!
Watch us!

देउवा असारको दोस्रो साता अमेरिका जाने, २० वर्षपछि नेपालका प्रधानमन्त्रीको अमेरिका भ्रमण

पत्रपत्रिका

आइतबार, १५ जेठ २०७९, १० : ०७ मा प्रकाशित

देउवा असारको दोस्रो साता अमेरिका जाने, २० वर्षपछि नेपालका प्रधानमन्त्रीको अमेरिका भ्रमण

 प्रधानमन्त्री शेरबहादुर देउवा असारको दोस्रो साता अमेरिका भ्रमणको तयारी सुरु भएको छ । नेपाल–अमेरिका ७५ वर्षगाँठको अवसरमा दुवै पक्षको सहमतिअनुसार प्रधानमन्त्री देउवाको भ्रमणसम्बन्धी गृहकार्य दुवैतर्फ चलिरहेको परराष्ट्र स्रोतले जानकारी दियो ।

यसअघि देउवा २०५९ वैशाख २३–२८ मा प्रधानमन्त्रीका रूपमा अमेरिकाको औपचारिक भ्रमण गरेका थिए । नेपालबाट राजा महेन्द्र शाहले अमेरिकाको दुईपटक (सन् १९६० र १९६७ मा) र राजा वीरेन्द्र शाहले एकपटक (सन् १९८३ मा) राजकीय भ्रमण गरेका थिए । पछिल्लो समय सन् २०१८ मा (२०७५ पुस ३–५) तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकाको औपचारिक भ्रमण गरेका थिए । अमेरिकाबाट उच्चस्तरीय भ्रमण नभए पनि पछिल्लो समय एमसीसी अनुमोदनपछि अमेरिकी अधिकारीको भ्रमण बाक्लिएको छ ।

गत साता मात्रै तिब्बती मामिला हेर्ने नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा अमेरिकी विदेश संयोजक उज्रा जियाले तीनदिने नेपाल भ्रमण गरेकी थिइन् । यसअघि १५ फागुनमा एमसीसी सम्झौता अनुमोदनअघि दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाल भ्रमण गरेका थिए । उनको भ्रमणअघि एमसीसीको उपाध्यक्ष फातिमा सुमारले नेपाल भ्रमण गरेकी थिइन् ।

यसअघि सन् २०१२ मा अमेरिकाका दुई उपसचिव वेन्डी सेरम्यान र मारिया ओटेरोले नेपाल भ्रमण गरेका थिए । सन् २००२ मा तत्कालीन विदेशमन्त्री कोलिन पावेलले नेपालको औपचारिक भ्रमण गरेका थिए । अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरले दुईपटक (सन् २००७ र २००८) नेपालको व्यक्तिगत भ्रमण गरेका थिए । उनी त्यसबेला कार्टर सेन्टरको संस्थापकका रूपमा आएका हुन् । अमेरिकी उपराष्ट्रपति स्पाइरो एग्रेउले सन् १९७० मा नेपालको भ्रमण गरेका थिए । सन् १९७५ मा अमेरिकी राष्ट्रपति बिल क्लिन्टनकी श्रीमती हिलारी (फस्ट लेडीको हैसियतमा) आएकी थिइन्   ।

राजधानी दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको