Like us!
Follow us!
Connect us!
Watch us!

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

सोमबार, १४ चैत्र २०७८, १० : ३२ मा प्रकाशित

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत्र १५ गतेदेखि चैत्र ३० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, चैत्र १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।  

कम्पनीको चैत्र ६ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको ५५औँ वार्षिक साधारण सभा चैत्र ३० गते, बुधबार बिहान ११ बजेदेखि सुरू हुनेछ । 

सभामा कम्पनीको फागुन २९ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०।५ प्रतिशत नगद गरि कूल १०।०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको