Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्री फेरिने पक्का ! सर्प पनि मर्ने र लाठी पनि नभाचिने उपाए खोज्दै देउवा

अर्थ संसार

सोमबार, १४ चैत्र २०७८, १३ : २७ मा प्रकाशित

अर्थमन्त्री फेरिने पक्का ! सर्प पनि मर्ने र लाठी पनि नभाचिने उपाए खोज्दै देउवा

सत्तारुढ नेपाली कांग्रेको केन्द्रीय कमिटी बैठकमा अर्थमन्त्री जनार्दन शर्माको चर्को आलोचना भएको छ ।  प्रमुख सत्ता सहयोगी माओवादी केन्द्रका प्रभावशाली नेता समेत रहेका शर्माको कामबाट अस्नतुष्ट रहेका कांग्रेसका नेताहरुले पार्टी सभापति एंवम प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष तत्काल बर्खास्त गर्न माग समेत गरेका छन ।  

केन्द्रीय सदस्य प्रकाश स्नेहीले व्यापार घाटा बढेको, अर्थतन्त्र ओरालो लागेको र सुचकहरु नकारात्मक भईरहेको अवस्थामा पनि सुधारको प्रयास नभएकोले अर्थमन्त्री शर्मालाई तत्काल हटाउन माग गरे । उनले देशको अर्थतन्त्र नै दुर्घटनाको डिलमा पुग्दा समेत उक्त संकटसंग जुध्न कुनै योजना ल्याउन नसकेको मात्रै नभई मन्त्री शर्माकै अदुरदर्शिताका कारण अर्थतन्त्र अहिलेको अवस्थामा पुगेको पुगेको बताए ।

केन्द्रीय कार्यसमिति बैठकमा आर्थीक क्षेत्रका जानकार नेताहरुले देशको अर्थतन्त्रबारे प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउनका साथै अर्थतन्त्र सुधारका लागि गम्भीर भएर सोच्नु पर्ने वेला आएको पनि बताएका छन् । अर्थतन्त्र सुधारको लागी तत्काल अर्थमन्त्री जनार्दन शर्माको विकल्प खोज्नुपर्ने भएकाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग गठबन्धनको बैठकमा यस विषयमा गम्भीर भएर छलफल गर्न देउवालाई आग्रह गरेका छन् ।

अहिले प्रधानमन्त्रीमाथी अर्थमन्त्री परिवर्तन गर्नुपर्ने दवाब एकतातिर छ भने अर्को तिर माओवादीकै प्रभावशाली नेता समेत रहेका अर्थमन्त्री शर्मालाई हटाउँदा गठबन्धननै संकटमा परि सरकार धरापमा पर्नसक्ने डर पनि छ त्यसैले अहिले प्रधानमन्त्री अर्थमन्त्री फेर्न पनि चाँहान्छन् तर यसकै कारण गठबन्धन पनि धक्का पुर्याउन चाहाँदैनन् देउवा अहिले सर्प पनि मर्ने र लाठी पनि नभाचिने उपाएको खोजिमा छन् । 

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं कांग्रेस केन्द्रीय सदस्य प्राध्यापक गोविन्दराज पोखरेलले अर्थमन्त्री शर्माकै कारण देशको अर्थतन्त्र ओरालो लागिरहेको पोखरेलको आरोप लगाएका छन । अर्थमन्त्री शर्माले रकमान्तर गरिरहेको, राष्ट्रिय योजना आयोगलाई वेवास्ता गरेर योजना आयोगजस्तै समानान्तर समिति बनाएर आगामी आर्थिक वर्षका लागि बजेट बनाउने काम गरिरहेको पोखरेलको भनाइ छ । यसले अर्थतन्त्रमा थप संकट निम्तिने उनको दाबी छ । 

पार्टी भित्र अर्थमन्त्रीको कामकारवाहीलाई लिएर बढेको ब्यापक असन्तुष्टी एंवम तमाम अर्थविदहरु बाट आईरहेको चेतावनी पछि अर्थमन्त्री शर्माको विषयमा प्रधानमन्त्री देउवा गम्भीर भएको उनी निकटस्त नेताहरु बताउछन । श्राेतकम अनुसार प्रधानमन्त्री देउवाले यो विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग पनि कुरा गरीसकेका छन । तर प्रचण्ड तत्काल शर्माको विकल्प खोज्ने पक्षमा देखिएका छैन्न । कांग्रेस केन्द्रीय सदस्य श्याम घिमिरे अहिलेको अर्थतन्त्रलाई सुधार्न शर्माको विकल्प खोज्नु जरुरी भईसकेको धारणा सबैतिरबाट आएकाले पार्टीले गम्भीर रुपमा विचार गरीरहेको बताउछन ।

तर माओवादी केन्द्रले भने अर्थमन्त्रीलाई फिर्ता बोलाउने बारे अहिले पार्टीले केहि नसोचेबको बताएको छ । माओवादी केँन्द्रका एक प्रभावशाली नेताले अर्थसंसारसंग कुरा गर्दै पार्टीमा अर्थमन्त्रीको कार्यशैलीलाई लिएर कुनै असन्तुष्टी नरहेको बताए । अर्थमन्त्रीको राजीनामा बारे अहिले भईरहेको चर्चामा कांग्रेसका केही नेताहरुको अर्थमन्त्रालयमा जान नपाएको पीडा कारक रहेको उनको जीकीर छ ।

तर अर्थमन्त्री शर्माको कार्यशैलीको देशभित्र अर्थतन्त्रसंग सम्बन्धीत विभिन्न तह र तप्काबाट आलोचना भईरहेको छ । देशभित्र अहिले अर्थतन्त्रको यो अवस्थाको लागी जर्नादन शर्मा जिम्मेवार रहेको भन्ने पंक्ती पनि ठुलो छ । यस्तोमा प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको बैठकमा उनको बर्खास्तीको माग उठनु र प्रधानमन्त्री देउवा यो विषयलाई लिएर छलफलमा रहेको कुराले अर्थमन्त्री शर्माको कुर्सी संकटमा रहेको सजीलै आंकल्न लगाउन सकिन्छ । 

अहिले प्रधानमन्त्रीमाथी अर्थमन्त्री परिवर्तन गर्नुपर्ने दवाब एकतातिर छ भने अर्को तिर माओवादीकै प्रभावशाली नेता समेत रहेका अर्थमन्त्री शर्मालाई हटाउँदा गठबन्धननै संकटमा परि सरकार धरापमा पर्नसक्ने डर पनि छ त्यसैले अहिले प्रधानमन्त्री अर्थमन्त्री फेर्न पनि चाँहान्छन् तर यसकै कारण गठबन्धन पनि धक्का पुर्याउन चाहाँदैनन् देउवा अहिले सर्प पनि मर्ने र लाठी पनि नभाचिने उपाएको खोजिमा छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको