Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा साल्ट ट्रेडिङ्गको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

नेप्से

सोमबार, १४ चैत्र २०७८, १६ : १७ मा प्रकाशित

नेप्सेमा साल्ट ट्रेडिङ्गको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । 

स्टकका अनुसार कम्पनीकाे १० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४ हजार ६ सय ८३ रूपैयाँ ६४ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले साेमबारको अन्तिम कारोबार मूल्य ५ हजार एक सय ५२ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीको चैत्र ६ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको ५५औँ वार्षिक साधारण सभा चैत्र ३० गते, बुधबार बिहान ११ बजेदेखि सुरू हुनेछ । 

सभामा कम्पनीको फागुन २९ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०।५ प्रतिशत नगद गरि कूल १०।०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको