Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावर अब कृषिमा, ढुक्क भएर लगानी गर्नुहोस्

अर्थ संसार

सोमबार, १४ चैत्र २०७८, १७ : १६ मा प्रकाशित

नेपालमा विद्युतको विकास गर्ने हेतुले वि.सं २०६० आषाढ १५ मा स्थापना भई २०७० साल साउन ६ गते पब्लिक लिमिटेड कम्पनीमा परिवर्तन भएको अपि पावर कम्पनीले सुदुर पश्चिम प्रदेशको दार्चुला जिल्लामा नौगड गाढ जलविद्युत आयोजना २०७२ साल भाद्र २ गतेदेखि सञ्चालन गरिरहेको छ । रु.१६० करोडको लगानीमा निर्मित यस आयोजनाले वार्षिक रु.२४ करोड आय आर्जन गर्दछ ।

यहि नदीको माथिल्लो भागमा ८ मे.वा. क्षमताको अपर नौगढ गाड आयोजना रु.१७० करोडको लगानीमा निर्माण पुरा गरी २०७६ कार्तिक देखि विद्युत उत्पादन गरी राष्ट्रिय ग्रीडमा विद्युत प्रवाह गरिरहेको छ । यस आयोजनाले वार्षिक रु.२० करोड आय आर्जन गर्दछ । अपि पावर कम्पनीको तेश्राे जलविद्युत आयोजना अपर चमेलिया ४० मे.वा. को आयोजनाको वि.सं २०७७ साल कार्तिक महिनादेखि निर्माण सुरु भई २०७९ फाल्गुन मसान्तसम्ममा निर्माण पुरा भई विद्युत उत्पादन गर्न सुरु गर्नेछ । यस आयोजनाले विद्युत उत्पादन सुरु गरेपछि वार्षिक रु.१६० करोड आयआर्जन गर्नेछ । यसरी विद्युत वाट वार्षिक रु.२०० करोड भन्दा बढी आय आर्जन हुने कम्पनी अपि पावर लिमिटेड हो । 

सोलार तर्फ नेपाल सरकारले प्रतिस्पर्धाबाट दिएको अनुमतिका आधारमा अपि पावर कम्पनीसँग २८ मे.वा.क्षमताका १० वटा परियोजना हातमा रहेका छन । यसमध्य चपुर (४ मे.वा.) र ढल्केवर (१ मे.वा.) को निर्माण पुरा भई संचालनमा रहेका छन तथा १ मे.वा. क्षमताको सिमरा सोलार आयोजना आगामी महिना निर्माण सम्पन्न भईसक्नेछ भने ८ मे.वा क्षमताको परवानीपुर आयोजना निर्माणाधीन रहेको छ । यी सोलार आयोजनाहरुबाट कम्पनीले वार्षिक करिव १० करोड आय आर्जन गर्नेछ । 

अपि पावर कम्पनीले विद्युत आयोजना र कृषि व्यवसायलाई एक अर्काका परिपुरकको रुपमा विकास गर्ने नीति लिई काम गरिरहेको छ । जलविद्युत र सोलार आयोजनाका लागि खरिद गरिएका तथा लिजमा लिएका जमिनहरुमा विभिन्न कृषि कार्य गरिरहेको छ । यसमध्य बाख्रा पालन, तरकारी खेती, कफि उत्पादन र बेर्ना वितरण एवम् फलफुलको नर्सरी बनाई बोटविरुवा विकास गर्ने हेतुले कम्पनीले लटिनाथ कृषि कम्पनी लिमिटेड नामक कम्पनी स्थापना गरि सञ्चालनमा ल्याएको छ । यसको उद्देश्य जलविद्युत आयोजनाहरुको उत्पादन अनुमति पत्रको समयावधि पुरा भई सकेपछि सरकारमा हस्तानतरण भई जाने हुँदा अपि पावर कम्पनीले दीर्घकालिन प्रकृतिको (हस्तान्तरण भई नजाने) खालका आयोजनाहरु निर्माण गर्नु आवश्यक भएको हुँदा रणनीतिक रुपमा व्यवसायको विविधिकरण गर्न आवश्यक ठानी विविध कामहरु गरिरहेको छ ।

अपि पावर कम्पनीको सुरुको चुक्ता पूँजी रु. १०० करोड हो । यसमा वार्षिक मुनाफाबाट बोनश शेयर प्रदान गर्दै अहिले सम्म बोनस र हकप्रदबाट संकलित शेयर पुँजी रु १७५.८९ करोड पुगेको छ । २०७२ साल कार्तिक २३ मा धितोपत्र बजारमा सुचिकृत भएको यस कम्पनीको सेयर बजार मुल्य औषत भन्दा माथि रहेको देखिन्छ । 

अपि पावर कम्पनीको सेयरमा लगानीकर्ताहरुको संख्या १ लाख ४० हजार रहेको छ । यसमा अधिकांश साना शेयरधनीहरुको लगानी रहेको छ । कम्पनीका शेयरधनीहरुलाई अपि पावर कम्पनीले आर्थिक वर्ष २०७२/७३ देखि नियमीत रुपमा लाभांश उपलब्ध गराईरहेको छ र लाभांशको दर आगामी वर्षहरुमा बढ्दै जाने सुनिश्चित छ ।

कम्पनीको शेयर धितोपत्र बजारमा सुचिकृत भई सकेपछि नयाँ नयाँ परियोजनाहरु निर्माणका लागि पूँजी लगानीको आवश्यकता हुन्छ । अपि पावर कम्पनीले वार्षिक रुपमा आर्जन गर्ने मुनाफाबाट वितरण गर्ने लाभांशलाई बोनस शेयरमा परिणत गरि शेयरधनीहरुलाई थप शेयर दिने र नगद रकम नयाँ परियोजनाहरुमा लगानी गर्दै जाने नीति अनुसार काम गरिरहेको छ । सौर्य जलविद्युत आयोजनाहरुको निर्माणका लागि चाहिने स्वः लगानी यहि विधिबाट परिपूर्ती गरिँदै आएको छ ।

कम्पनीले पहिचान गरी विकास गरी निर्माण गरिरहेको माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि स्वः पूँजी जुटाउन कम्पनीले जम्मा रु.२२२ करोड मुल्य बराबरको हकप्रद शेयर निस्काषन गर्ने अनुमति प्राप्त गरि पटकपटक हकप्रद शेयर निस्काषन  गरिरहेको छ । पहिलो हकप्रद शेयरबाट मिति २०७६ साल फागुन १२ गते रु. ५६.७ करोड, दोश्रो हकप्रद शेयरबाट २०७८ साल वैशाख १९ मा रु. ५६.७ करोड र तेश्रो हकप्रद शेयर रु.१०८.६ करोड २०७८ चैत २५ बाट निष्कासन गर्दैछ । यो निस्काषन पश्चात् कम्पनीका शेयरधनीहरुले गरेका प्रत्यक्ष लगानीबाट रु. ३२२ करोड र बोनस शेयरबाट प्राप्त रु. ६२.४९ करोड समेत गरी कम्पनीको पूँजी ३८४.४९ करोड र वार्षिक आम्दानी रु.२१० करोड हुनेछ ।

यसबाट हेर्दा अपि पावर कम्पनीका शेयरधनीहरुले निरन्तर रुपमा उच्च दरले लाभांश पाउने कम्पनीले जनाएकाे छ । यस आधारमा कम्पनीको हालको सेयरको बजार मूल्य अन्य कम्पनीको भन्दा कम रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको