Like us!
Follow us!
Connect us!
Watch us!

"बीआरआईप्रति सर्वसाधारणकाे चासाे देखिएन, यसलाई राम्ररी बुझ्नु जरूरी छ"

अर्थ संसार

मंगलबार, १५ चैत्र २०७८, १३ : ३५ मा प्रकाशित

चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ बीआरआई यतिबेला चर्चाको विषय बनेको छ ।  नेकपा एमाले र माओवादी केन्द्रले चीनसँग बिआरआई लगायतका परियोजना कार्यान्वयन गर्न माग गरेका छन्। सरकारले बीआरआईका विषयमा थप प्रस्ट हुनुपर्ने भन्दै तत्काल अघि नबढाउने भएको छ ।

छिमेकी राष्ट्रहरू र विश्वलाई नै एकिकृत गर्ने हेतुले ५ वटा मुख्य उद्देश्यसहित बीआरआई सुरू भएको यस बारेमा लामो अध्ययन गरेका विज्ञ एवमं कानुनी व्यवसायी मुकुन्द अधिकारीले बताएका छन् । 

अर्थ संसारको साप्ताहिक कार्यक्रम अर्थ संसार टकमा कुराकानी गर्दै उनले भने, "नेपालको सन्दर्भमा बीआरआई कसरी प्रवेश गर्याे भने सन् २०१६ मा Transit Transport Agreement जुन चीनसँग हस्ताक्षर भयाे त्यही सम्झाैता मार्फत बेल्ट एन्ड राेडमा नेपाल पनि सहभागी हुने भन्ने सन्दर्भबाट २०१७ मा चाहीँ नेपालले पनि यसमा हस्ताक्षर गरेर अगाडि बढेकाे हाे ।"

उनले थपे, अब अहिले भर्खरै चाहीँ जुन चिनिया विदेशमन्त्रीले नेपालकाे भ्रमण गर्नुभएकाे छ यसमा केही राजनीतीक दलका नेताज्यूहरूले बेल्ट एन्ड राेड इनिसिएटिभई अगाडि बढाउनु पर्छ भन्नु भएकाे छ । तर स्वयमं सरकारकाे नेतृत्व गरिरहेकाे प्रधानमन्त्रीज्यूबाट र कांग्रेस पार्टीबाट यसमा खासै विषयहरू आएकाे मैले पाएकाे छैन । र यसमा खासगरीकन आम सर्वसाधारणकाे चासाे पनि मैले देखेकाे छैन ।" 

बीआरआई के हाे र यसले हामीलाई कसरी फाइदा गर्छ तथा एमसीसी के हाे र यसले हामीलाई कसरी फाइदा गर्छ भन्ने कुरा हामीले फरक फरक दृष्टिकोणबाट हेर्नुपर्ने उनी बताउँछन् ।  

बीआरआई सम्बन्धी सबै कुरा बुझ्न तलकाे भिडियाे हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको