Like us!
Follow us!
Connect us!
Watch us!

खल्तीले खोज्दै ‘खल्ती लेख स्टार’, ५० हजार जित्ने मौका

अर्थ संसार

बुधबार, १६ चैत्र २०७८, ११ : ५७ मा प्रकाशित

खल्तीले खोज्दै ‘खल्ती लेख स्टार’, ५० हजार जित्ने मौका

खल्ती डिजिटल वालेटले ‘खल्ती लेख–स्टार’ को आयोजना गरेको छ । जस् अन्तर्गत ‘खल्ती लेख–स्टार’ बन्न जो कोहि व्यक्तिले खल्ती शब्दको अर्थ (वालेट र पकेट) खुल्ने गरि नेपाली भाषामा विभिन्न लेख रचना गरि पोस्ट गरि ‘खल्ती’ लाई पठाउनु पर्नेछ । 

इच्छुक व्यक्तिले आफ्नो कला पन्स्, पन्चलाईन, टंग ट्वीस्टर,कविता, उखान टुक्का, ट्याग लाइन्स, र्याप आदि मार्फत् सोसल मिडियामा प्रस्तुत गरी #KhaltiLekhstar राखी आफ्नो फेसबुक, इन्स्टाग्राम, ट्विटर, युटुब या टिकटकमा सेयर गर्नुपर्नेछ । पोस्ट गरे पश्चात आफ्नो पोस्टको लिंक खल्तीले प्रदान गरेको फारममा सम्पूर्ण विवरण सहित पठाई यस प्रतियोगितामा सहभागी हुन सकिनेछ । यो प्रतियोगिता चैत्र १५, २०७८ देखि बैशाख १४, २०७९ सम्म लागु हुने खल्तीले जनाएको छ । 

यस अफर अन्तर्गत घोषित बिजेताले निम्न अनुसारको पुरस्कारहरू प्राप्त गर्ने छन् :

यसका साथै ३ जना बिजेताले खल्तीको भिडियोमा प्रस्तुत हुने मौका पाउनेछन् ।  

यस क्याम्पेनका बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने “खल्ती’ शब्द आफैमा हरेक व्यक्तिको दैनिक जीवन सँग आबद्द शब्द भईसकेको छ । यस कुरालाई मध्यनजर गर्दै ‘खल्ती लेख–स्टार’ मार्फत विभिन्न लेख प्रतिभाहरुलाई हौशला दिने उद्देश्यले यो योजना ल्याएका छौं । यस प्रतियोगितामा आबद्ध हुने सबै आह्वान गर्छु ।” 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

farkera na aau
Provident Merchant Banking

धेरै पढिएको