अमेरिकाको जो बाइडेन प्रशासनले नेपालका लागि नयाँ राजदूत प्रस्ताव गरेका छ । अमेरिकाकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसका अनुसार मंगलबार राष्ट्रपति बाइडेनले परराष्ट्र सेवामा रहेका डिन थम्पसनलाई नेपालका लागि राजदूत प्रस्ताव गरेका हुन् ।
लामो समय अमेरिकी परराष्ट्र सेवामा बिताएका थम्पसनले अहिले अमेरिकी विदेश मन्त्रालयमा दक्षिण तथा मध्य एसियाली मामिलामा प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरीका रूपमा काम गरिरहेका छन ।
उनी दक्षिण तथा मध्य एसियाली क्षेत्रका लागि कार्यवाहक सहायक मन्त्री र मलेसियाको क्वालालम्पुरस्थित अमेरिकी दूतावासमा नियोग उपप्रमुख (डिसिएम) रहिसकेका छन । साथै उनले रोमानियास्थित अमेरिकी दूतावास र कलकत्तामा अमेरिकी महावाणिज्यदूतका रूपमा पनि काम गरेका छन ।
मेरिल्यान्ड स्कुल अफ पब्लिक अफेयर्सबाट सार्वजनिक व्यवस्थापनमा एमए गरेका थम्पसनले नेसनल वार कलेजबाट राष्ट्रिय सुरक्षा रणनीतिमा एमएस गरेका छन । उनलाई अंग्रेजी बाहेक रोमानियन र बंगाली भाषा पनि बोल्न आउने ह्वाइटहाउसले उल्लेख गरेको छ ।को हुन् अमेरीकाले नेपालका लागि प्रस्ताव गरेका नयाँ अमेरिकी राजदूत
अमेरिकाको जो बाइडेन प्रशासनले नेपालका लागि नयाँ राजदूत प्रस्ताव गरेका छ । अमेरिकाकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसका अनुसार मंगलबार राष्ट्रपति बाइडेनले परराष्ट्र सेवामा रहेका डिन थम्पसनलाई नेपालका लागि राजदूत प्रस्ताव गरेका हुन् ।
लामो समय अमेरिकी परराष्ट्र सेवामा बिताएका थम्पसनले अहिले अमेरिकी विदेश मन्त्रालयमा दक्षिण तथा मध्य एसियाली मामिलामा प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरीका रूपमा काम गरिरहेका छन ।
उनी दक्षिण तथा मध्य एसियाली क्षेत्रका लागि कार्यवाहक सहायक मन्त्री र मलेसियाको क्वालालम्पुरस्थित अमेरिकी दूतावासमा नियोग उपप्रमुख (डिसिएम) रहिसकेका छन । साथै उनले रोमानियास्थित अमेरिकी दूतावास र कलकत्तामा अमेरिकी महावाणिज्यदूतका रूपमा पनि काम गरेका छन ।
मेरिल्यान्ड स्कुल अफ पब्लिक अफेयर्सबाट सार्वजनिक व्यवस्थापनमा एमए गरेका थम्पसनले नेसनल वार कलेजबाट राष्ट्रिय सुरक्षा रणनीतिमा एमएस गरेका छन । उनलाई अंग्रेजी बाहेक रोमानियन र बंगाली भाषा पनि बोल्न आउने ह्वाइटहाउसले उल्लेख गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस