Like us!
Follow us!
Connect us!
Watch us!

एक अर्बले घट्याे निक्षेप संकलन, सीडी रेसियो कति ?

अर्थ संसार

बुधबार, १६ चैत्र २०७८, १६ : ३६ मा प्रकाशित

एक अर्बले घट्याे निक्षेप संकलन, सीडी रेसियो कति ?

वाणिज्य बैंकहरुको निक्षेप संकलन घटेकाे छ । बैंकहरूकाे कर्जा लगानी भने बढेकाे छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे तथ्यांक अनुसार बैंकहरूकाे निक्षेप संकलन घट्दा कर्जा लगानी बढेकाे हाे ।

चैत्र १४ गते, साेमबारसम्म वाणिज्य बैंकहरुले ४३ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । बैंकहरूकाे निक्षेप एक अर्बले घटेकाे हाे । चैत्र १३ गते, आइतबारसम्म वाणिज्य बैंकहरूले ४३ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । 

त्यसैगरी, वाणिज्य बैंकहरुको कर्जा लगानी भने एक अर्बले बढेर ४१ खर्ब ६७ अर्ब रुपैयाँ पुगेकाे छ । 

बैंकहरूकाे निक्षेप घट्दा सीडी रेसियो बढेकाे छ । चैत्र १३ गते औसतमा ९०.७० प्रतिशत रहेको सीडी रेसियो चैत्र १४ गतेसम्ममा बढेर ९०.७४ प्रतिशत पुगको छ। 

624437958eec6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको