Like us!
Follow us!
Connect us!
Watch us!

युक्रेनी सेनाले आत्मसमर्पण गरेपछि मात्रै गोलाबारी अन्त्य हुन्छः पुटिन

अर्थ संसार

विहीबार, १७ चैत्र २०७८, ०६ : ४९ मा प्रकाशित

युक्रेनी सेनाले आत्मसमर्पण गरेपछि मात्रै गोलाबारी अन्त्य हुन्छः पुटिन

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सेनाले आत्मसमर्पण गरेपछि मात्रै युक्रेनी सहर मारिओपोलमा  गोलाबारी अन्त्य हुने बताएका छन् ।

मंगलबार राति फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग एक घण्टा लामो फोन वार्तामा उनले सो धारणा राखेको रुसी प्रशासन केन्द्र क्रेमलिनले एक विज्ञप्तिमा जनाएको छ ।

सहरबाट नागरिकहरूलाई हटाउने योजनाहरू विचार गर्न भने पुटिन सहमत भएको फ्रान्सेली अधिकारीहरुले बताएका छन् । त्यसपछि रुसले बिहीबार एक दिने युद्धविराम घोषणा गरेको छ ।

यसले मानिसहरूलाई रुस नियन्त्रित बर्दियान्स्क बन्दरगाह हुँदै जापोरिज्जियाको पश्चिमतर्फ यात्रा गर्न अनुमति दिनेछ । एजेन्सी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको