Like us!
Follow us!
Connect us!
Watch us!

रुसी हमलाः युक्रेनको आधा भूभाग बिस्फोटक पदार्थले प्रदूषित

अर्थ संसार

विहीबार, १७ चैत्र २०७८, १० : १८ मा प्रकाशित

रुसी हमलाः युक्रेनको आधा भूभाग बिस्फोटक पदार्थले प्रदूषित

रुसी हमलापछि युक्रेनको आधाभन्दा बढी भूभाग विस्फोटक पदार्थहरुले प्रदूषित बनेको युक्रेनी सरकारका एक मन्त्रीले दाबी गरेका छन् । 

उप–आन्तरिक मन्त्री येभगेन येनिनले युक्रेनी क्षेत्रको करिब ३ ००, ००० वर्ग मिटर भूभाग रुसी हमलामा प्रयोग भएका विस्फोटक उपकरणहरूका कारण प्रदूषित भएको दाबी गरेका छन् । प्रदूषणबारे मन्त्री येनिनले दाबी गरेको तथ्यांकको स्वतन्त्र ढंगले पुष्टि हुन भने बाँकी नै छ ।  

२४ फेब्रुवरीमा रुसी हमलापछि युक्रेनी विशेषज्ञहरूले ३०० बम विस्फोटक यन्त्रहरू र एउटा हवाई बम नष्ट गरेका छन् । उनीहरूले १४ हेक्टर क्षेत्र पनि खाली गरेका छन् । एजेन्सी

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको