Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से परिसूचकसँगै घट्याे काराेबार रकम : विश्लेषक भन्छन्, "नगद हुनेलाई सेयर किन्ने अवसर"

नेप्से

विहीबार, १७ चैत्र २०७८, १४ : ५९ मा प्रकाशित

नेप्से परिसूचकसँगै घट्याे काराेबार रकम : विश्लेषक भन्छन्, "नगद हुनेलाई सेयर किन्ने अवसर"

आज (बिहीबार) फेरि सेयर बजारमा करेक्सन देखिएकाे छ । नेप्से परिसूचकसँगसँगै काराेबार रकममा पनि गिरावट देखिएकाे छ । 

प्राविधिक विश्लेषक विष्णु प्रसाद बस्यालले अहिले आधारभूत रूपमा बलिया कम्पनीको सेयर किन्ने राम्राे अवसर रहेकाे बताएका छन् । अर्थ संसारको कार्यक्रम मार्केट प्रेस्क्रिप्सनमा कुराकानी गर्दै उनले बजार बुल ट्रेन्डमै रहेकाे र बुल मार्केटभित्रकै करेक्सन रहेकाे बताएका छन् ।  बजारमा डाउन साइड रिस्क थाेरै रहेकाे र अप साइड रिस्ककाे पाेटेन्सियल धेरै रहेकाे भन्दै उनले माथितिरकाे सम्भावना धेरै रहेकाे र तलतिरकाे रिस्क थाेरै रहेकाे बेलामा लगानी गर्ने सबैभन्दा उपयुक्त वातावरण रहेकाे बताएका छन् । अहिले नगद भएका व्यक्तिहरूलाई ढुक्क भएर लगानी गर्न उनले आग्रह गरेका छन् । याे करेक्सन सकिएपछि बजारले Fantastic राइज दिने उनकाे विश्वास छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक २३.९५ अंकले घटेर २५४४.३० विन्दुमा झरेकाे छ । नेप्से ०.९३ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ४.६० अंकले घटेर ४७५.४७ विन्दुमा पुगेकाे छ ।

कूल २२८ वटा कम्पनीकाे ३७ लाख ८७ हजार कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ८९ करोड एक लाख ६४ हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये व्यापारबाहेक बाँकी सबै उपसमूहकाे सेयर घटेकाे छ । 

बिहीबार इमर्जिङ नेपाल कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ९ कराेड २३ लाख ८४ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज इमर्जिङ नेपाल कम्पनी लिमिटेड, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र नेष्डाे समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।

यस दिन नारायणी डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । बैंककाे सेयरमूल्य ४.७९ प्रतिशतले घटेर ४ सय ७१ रूपैयाँमा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको