Like us!
Follow us!
Connect us!
Watch us!

सेयर कारोबार मन्द, लगानीकर्ता मोबाइल गेममै मस्त !

अर्थ संसार

विहीबार, १७ चैत्र २०७८, १६ : ३९ मा प्रकाशित

सेयर कारोबार मन्द, लगानीकर्ता मोबाइल गेममै मस्त !

सामान्यतय कारोबार समय ११ बजेदेखि ३ बजेसम्म सेयर किनबेचमै व्यस्त हुने लगानीकर्ता र उनीहरूका मोबाइल अहिले सेयर बजारमा मन्दी आएसँगै गेम खेल्नमै व्यस्त हुन थालेका छन्।

केही महिना अघिसम्म लगानीकर्ताहरूलाई ११-३ बजेसम्म बोल्ने फुर्सद समेत हुँदैनथ्यो कुन सेयर किन्ने र कुन सेयर बेच्ने भन्ने कुरामै व्यस्त हुने लगानीकर्ताहरू अहिले भने उक्त समयमा फुर्सदिला बनेका छन् ।

२९८३ को विन्दुबाट लगातार खस्न थालेको नेप्से परिसूचक अहिले २५४४ को विन्दुमा आइपुगेको छ। सेयरबजार निरन्तर रुपमा घटिरहेकाले लगानीकर्ताले सेयरबजार बारे चासो देखाउँन छोडेका छन। पहिला सेयरबजारमा उत्साहका साथ लगानीकर्ताहरु ट्रेडिङ आवरमा TMS चलाई रहेका हुन्थे तर अहिले भने लगानीकर्ताहरु मोबाइलमा खेल खेलिरहेको देखियो।

अघिपछि मोबाइलबाटनै सेयर कारोबार गर्न व्यस्त हुने लगानीकर्ता अहिले त्यही मोबाईलमा गेम खेल्न व्यस्त देखिन्छन् । बजार निरन्तर घट्दा हैरान भएका लगानीकर्ताहरुलाई समय बिताउने माध्याम बनेको छ मोबाइल गेम । गेम नखेलेर त्यसै बस्यो भने फेरी त्यहि टिएमएस वा नेप्सेको साइट खोल्न मन लाग्छ बजार निरन्तर घटेको छ आफ्नो पोर्टफोलियो हेर्यो भने तनाव हुन्छ बरु गेम खेलेरै समय बिताउन मन लाग्छ उनले भने प्रकाश सपूतको गितमा भने जस्तै अहिले हामिलाई त पिर भुलाउने माध्याम नै यहि गेम बनेको छ सेयर किनौ भने बजार घटेको घट्यै छ बेचौ भने भने ३० प्रतिशत पोर्टफोलियो घटिसक्यो ।

काठमाडौंको पुतालसडक स्थित एक ब्रोकर हाउसमा पुग्दा लगानीकर्ताहरु उत्साहका साथ मोबाइल व्यस्त देखिन्थे पछि बुझ्दा सेयर कारोबारमा व्यस्त होलान् भनेको त मोबाइलमा खेल पो खेल्दै रहेछन, यतिकैमा एक लगानीकर्ता "सेयर खेल्ने जस्तो वातावरण नै भएन यै मोबाइल खेलमा पिर भुलाउन पार्यो,घरमा खेल खेल्दा छोरालाई कराउँथे अहिले पिर भुल्ने बाटो यही बन्यो।" बताउँछन्।

"ट्रेडिङ आवरमा सहकर्मीहरु अरुबेला एउटा स्क्रिनमा टिएमएस अर्को स्क्रिनमा कार्यालयको काम गर्ने गर्थे, खाजा खाने समयमा पनि साथीहरु फोनमै व्यस्त हुन्थे र चमेना कार्यालय सम्म पुग्न खोज्दैनथे आजभोलि त साथीहरु समय अगावै Pubg को Room Create गरेर बस्छन् । बुझ्दा त सेयरबजार घटेर पो रैछ" एक कार्यालय कर्मचारीले भने।
 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको